Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको सन्दकपुरमा रेडपाण्डाको उद्धार गरि टप्पुको जंगलमा छोडियो (तस्बिरहरु)

इलामको सन्दकपुरमा रेडपाण्डाको उद्धार गरि टप्पुको जंगलमा छोडियो (तस्बिरहरु)

  • खेमराज ढकाल
  • आइतबार, चैत्र ४ २०८०


इलामको सन्दकपुरमा रेडपाण्डाको उद्धार गरि टप्पुको जंगलमा छोडियो (तस्बिरहरु)

सन्दकपुर (टप्पु) । इलामको सन्दकपुर २ को टोड्के क्षेत्रमा अलपत्र अवस्थामा परेको लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको उद्धार गरि जंगलमा छोडिएको छ । आफ्नो बासस्थान छोडेर बस्ति पसेको रेडपाण्डा उद्धार गरि जंगलमा छोडिएको हो । सन्दकपुर गाउँपालिकाको देउराली बुधबारे सडक खण्डको टोड्केमा रेडपाण्डा देखेपछि स्थानीयले जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।


रेडपाण्डा हिडडुल गर्ने र बस्ने उचाई भन्दा धेरै तल झरेको अवस्थामा भेटिएको रेडपाण्डा सन्दकपुर गाउँपालिका, डिभिजन वन कार्यालय इलाम, रेडपाण्डा नेटवर्क, उच्च पहाडी जडबुटि उत्पादक तथा संरक्षण संस्था, नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा उद्धार गरि जंगलमा छोडिएको हो ।


४ किलो तौल भएको रेडपाण्डा स्थानीयबासीले बिहान ८ बजे टोड्केको सडकमा भेटाएका थिए । त्यसपछि रेडपाण्डालाई कुकुरको आक्रमणबाट जोगाउने रुखमा चढाइएको थियो । चाँपको रुखमा बसेको रेडपाण्डालाई वन प्राविधिक सहितको टोलीले समाएर सन्दकपुर २ को रेडपाण्डा प्रजनन् केन्द्र निर्माण हुँदै गरेको टोड्के छान्तालुङ सामुदायीक वन, फेमेगुरु माघे सामुदायीक र टप्पु जिमि सामुदायीक वन क्षेत्रको टप्पु क्षेत्रको जंगललमा छोडिएको सन्दकपुर २ का वडाअध्यक्ष सनम राई जानकारी दिए ।


भेटिएको रेडपाण्डा स्वस्थ्य रहेको रेडपाण्डा संरक्षणको काम गर्दै आएको उच्च पहाडी जडिबुटी तथा संरक्षण संस्थाका धन बहादूर खाम्दाकले बताए । रेडपाण्डा उद्धारका लागि ६ घण्टा लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार