इलाम । स्वर्गीय सुवास नेम्बाङको जन्मदिनको दिनको उनको स्मृतिमा गठन भएको प्रतिष्ठानको साधारणसभा हुने भएको छ । नेकपा एमालेको तत्कालित संसदिल दलका उपनेता सुवास नेम्बाङको भदौ २६ मा निधन भएपछि प्रतिष्ठानको गठन भएको थियो ।
गठन भएको प्रतिष्ठानको फागुन २८ गते प्रथम साधारण सभा हुने भएको हो । नेकपा एमाले इलाम अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ का सासंद महेश बस्नेतको अध्यक्षतामा गठन भएको प्रतिष्ठानको साधारणसभामा अधिवक्ताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । इलामको न्याय क्षेत्रमा योगदान गरेका स्वर्गीय गणेशप्रसाद श्रेष्ठ र अधिवक्ता उमाराम प्रसाईलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सदस्य दिनेश ढकालले बताए । साधारणसभाले २१ सदस्य समिति गठन गर्ने योजना रहेको छ ।