Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको सन्दकपुरमा नेपालकै पहिलो रेडपाण्डा संरक्षण केन्द्र बन्दै (तस्बिरहरु)

इलामको सन्दकपुरमा नेपालकै पहिलो रेडपाण्डा संरक्षण केन्द्र बन्दै (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन २४ २०८०


इलामको सन्दकपुरमा नेपालकै पहिलो रेडपाण्डा संरक्षण केन्द्र बन्दै (तस्बिरहरु)
सन्दकपुर (टप्पु) । सन्दकपुर गाउँपालिकाको टप्पुमा विश्वमै दुर्लभ रेडपाण्डा संरक्षण केन्द्र स्थापना हुनेछ । लोप हुन लागेको रेडपाण्डा (हाब्रे)को संख्या वृद्धि गर्नका संरक्षण केन्द्र स्थापना हुने भएको हो ।
२५ सय ५ मिटरको उचाइमा रहेको टप्पुमा संरक्षण केन्द्र बनाउन दोस्रो चरणको पूर्वाधार निर्माण कोशी प्रदेश सरकारबाट हुँदैछ । ४४ रोपनी क्षेत्रफलमा रेडपाण्डा संरक्षणका लागि घेराबारा, टिकट काउन्टर र गार्ड हाउस निर्माण भइसकेको छ । माघे सामुदायिक वन, टप्पु सामुदायिक वन र पाटेनागी सामुदायिक वनको संगम स्थलमा संरक्षण केन्द्र बनाउन प्रदेश सरकारले यो वर्ष २० लाख बजेट खर्च हुनेछ ।
प्रदेश सरकारको बजेटबाट पानी संकलन केन्द्र, पोखरी, पदमार्ग निर्माण     हुनेछ । बासस्थान, चरिचरन सहित संरक्षण केन्द्र स्थापनाले पर्यटन प्रवद्र्धन गर्न सकिने कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताए ।
रेडपाण्डा सरक्षण केन्द्र निर्माण बारे कोशी प्रदेशका पर्यटन वन वातावरण मन्त्री गणेश उप्रतीले पनि स्थलगत अध्ययन गरेका छन् । उनले यो आर्थिक वर्षमा छुट्टयाएको चाँडै खर्च भएमा थप बजेटको व्यवस्था गर्ने मन्त्री उप्रेतीले बताए । बजेटको अभाव हुने नदिने गरि मन्त्रालयले आफनो काम अघि बढाउँछ मन्त्री गप्रेतीले भने– रेडपाण्डाका माध्यमबाट इलामको पर्यटन प्रवद्र्धन गर्ने योजना छ ।
संरक्षण केन्द्रमा तीन वर्ष अघि एक करोड रुपैँया खर्चबाट पक्की घेराबारसहित रेडपाण्डाको आहार मालिङ्गो, बाण्डे, भालुचिन्डेको वृक्षरोपण गरिएको छ । रेडपाण्डालाई लक्षित गरी चालु आर्थिक वर्षमा ठाउँठाउँमा पोखरी निर्माण गरिने     छ । देशकै नमुना रेडपाण्डा संरक्षण केन्द्र निर्माणले इलामको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।
रेडपाण्डालाई मानवीय आवतजावतले असर नगर्ने गरि पदमार्ग निर्माण गरिने छ । शौचालय, बगैंचा, पार्क निर्माणसंगै विद्युतीकरणको काम संरक्षण केन्द्रमा भइसकेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए  ।  रेडपाण्डा संरक्षण केन्द्र थप पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढेको डिभिजन वन कार्यालय इलामका सुचना अधिकारी गजेन्द्र श्रेष्ठले बताए ।
सन्दकपुरको टप्पु, छिन्टापु, गोरुवाले, कालपोखरी, दोबाटे, हागेथाम, चोयाटार क्षेत्रमा रेडपाण्डाको बसोबास छ । इलाममा २ सय ५० संख्यामा रेडपाण्डा पाइने तथ्याङ्क छ । नेपालमै इलामको सन्दकपुरमा रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवद्र्धनको काम हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार