इलाम (सन्दकपुर) । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुर डाँडामा जडान भएको नेपाल टेलिकमको फोरजी सेवाको टावर लडेको छ । सन्दकपुर गाउँपालिको पहलमा नेपाल टेलिकमले जडान गरेको फोर जी सेवाको टावर गएरातीको हवाहुरीका कारण ढलेको हो ।
दैनिक सयौँ पर्यटक पुग्ने सन्दकपुरमा टेलिकमको फोर जी सेवा अवरुद्ध भएपछि स्थानीयबासी संचार विहिन भएका छन् । फोर जी सेवाको टावर हावाहरुले ढल्दा विद्युतका पोलहरुमा पनि क्षति पुगेको विद्युत कर्मचारी दुर्गा पाठकले बताए । टावर लडेपपछि इलामका उत्तरी पर्यटकीय क्षेत्रका अन्य पर्यटकीयस्थलहरुमा संचार सुविधामा समस्या भएको होटल व्यवसायी पसि सेर्पाले जानकारी दिइन् ।

३६ सय ३६ मिटर उचाईको सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो स्थान हो । हावाहुरीका कारण लडेको टेलिफोन टावरको क्षति विवरणको अध्ययन गर्न टोली प्राविधिक सहितको टोली पठाउने नेपाल टेलिकम इलाम शाखा प्रमुख सुनिल सिंहले बताए । सिंहका अनुसार क्षतिको विवरण आएपछि पुनः मर्मतको काम अघि बढाइनेछ ।
