Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

१६औं राष्ट्रीय भिभूती फागुनन्द लिङ्देनको शालिक निर्माणधिन (तस्बिरहरु)

१६औं राष्ट्रीय भिभूती फागुनन्द लिङ्देनको शालिक निर्माणधिन (तस्बिरहरु)

  • लिला बहादुर लिम्बु
  • मंगलबार, फाल्गुन २२ २०८०


१६औं राष्ट्रीय भिभूती फागुनन्द लिङ्देनको शालिक निर्माणधिन (तस्बिरहरु)

फाकफोक । देउमाई नगरपालिकाको वडा ९ जितपुर नवमीमा १६ औं राष्ट्रीय विभूती फागुनन्द लिङ्देनको १० फिट अग्लो शालिक निर्माण भइरहेको छ । देश विदेशमा रहेका किरात धर्म आस्थावान भक्तजनको सहयोगमा निर्माणधिन भइरहेको मन्दिर व्यवस्थापन समितीका सचिव बेल बहादुर पत्रे लिम्बुले बताए ।


देउमाई नगरपालिकाको वडा ९ मा रहेको साविक जितपुर नवमी सिरिसे डाँडामा धर्मगुरु फागुनन्द लिङ्देनद्वारा बिक्रम सम्बत २००२ सालमा निर्माण गरिएको नाम्गेत् यक फागुनन्द हाङ्साम माङहिम मन्दिर प्राङ्गणमा फागुनन्द लिङ्देनको शालिक नेपालकै सवैभन्दा अग्लो शालिक हुनसक्ने मन्दिरका पुजारी जय बहादुर आङ्देम्बे लिम्बुले बताए ।


निर्माणधिन भइरहेको १६ औं राष्ट्रीय भिभूती फागुनन्द लिङ्देनको शालिक निर्माणको लागि चन्दा दाताहरूद्वारा सङ्कलन ३३ लाख सहयोग प्राप्त भइसकेको सहयोग आउने जारी रहेको र खर्च ३७ लाख खर्च भइसकेको र हालसम्म स्थानीय सरकार, प्रदेश तथा संघिय सरकारलाई पटक पटक बजेट मागको लागि बिन्ती पत्र चढाउँदा पनि संबोधन नगरिएको र आश्वासन मात्र देखाएको मन्दिर व्यवस्थापक समितिका सचिव तथा स्थानीयहरूले गुनासो गर्ने गरेका पाइन्छ ।
मन्दिरको प्राङ्गणमा राखिएको फागुनन्द लिङ्देनको शालिक स्थापना गर्नको लागि इलाम निर्वाचन क्षेत्र नम्बर दुइको एकका प्रदेश सभासद गोविन्द गिरीलाई समेत सहयोगको माग गरिएको फागुनन्द हाङ्साम माङहिम मन्दिरका सचिव बेल बहादुर पत्रे लिम्बुले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार