Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको सहिद भुभि सुखानीमा स्मृति दिवस मनाउँदै

इलामको सहिद भुभि सुखानीमा स्मृति दिवस मनाउँदै

  • सन्देश सम्बाददाता
  • सोमबार, फाल्गुन २१ २०८०


इलामको सहिद भुभि सुखानीमा स्मृति दिवस मनाउँदै

इलाम । नेकपा एमाले र उसका भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन् । इलाम र झापाको सीमा क्षेत्र सुखानीमा नेकपा एमाले ले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
वि सं २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो । सोही दिनको सम्झनामा झापा विद्रोहबाट उदाएको एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ ।
तत्कालीन विद्रोही माओवादीले जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेल मारिएको फागुन १४ गते र सुखानी हत्याकाण्डको दिन फागुन २१ गतेलाई समेटेर ८ दिनसम्म शहीद सप्ताहका रूपमा मनाउने गर्दछ । तत्कालीन एमाले र माओवादी एकतापछि नेकपा बन्दा पनि नेता(कार्यकर्ताहरुले सुखानी स्मृति दिवस मनाएका थिए ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई इतिहासकारले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार