इलाम । शसस्त्र जनयुद्धमा बेपत्ता भएका विद्यार्थी नेता कटक साम्पाङ राई र गोकुल निरौलाको स्मृतिमा इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा भलिबल प्रतियोगिता अयोजना भएको छ । अनेरास्ववियू क्रान्तिकारी महेन्द्र रत्न बहुमुखि क्याम्पस कमिटीद्धारा आयोजना गरिएको कार्यक्रममा फागुन २२ गतेसम्म आयोजना हुनेछ । भलिबल प्रतियोगिता महिला तथा पुरुष दुबै विधामा हुनेछ ।
भलिबल प्रतियोगिताको उद्घाटन अनेरास्ववीयू क्रान्तिकारी जिल्ला नयन बान्तवा र महेन्द्र रत्न बहुमुखि क्याम्पसका प्रमुख गंगाराम पौडेलले रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए । प्रतियोगितामा महिला ४ र पुरुष ६ टिमको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिजेता र उप–बिजेतालाई फागुन २३ गतेका दिन पुरस्कार हस्तान्तरण गरिनेछ । सोहि दिन नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै स्नातक चौथो वर्षलाई बिदाई गरि राष्ट्रिय कलाकार अभिनेता तथा गायक बाबू बोगटीको सांगितक प्रस्तुती रहने अयोजक समितिका अध्यक्ष सम्भु राईले बताए ।


