इलाम । कोशि प्रदेशको प्रमुख पर्यटकीय स्थल सन्दकपुर जोड्ने सडकमा रहेको राते खोलाको अलपत्र पुल निर्माणको अवस्थाबारे स्थलगत अध्ययन भएको छ । इलाम माइपोखरी सन्दकपुुर सडकमा रहेको राते खोलामा विगत २०७३ सालमा ठेक्का लागेपनि निर्माण पुरा नभए अलपत्र भएको हो । पक्की पुलको ठेक्का लागे पनि काम सम्पन्न नहुदा सन्दकपुरबासी र पर्यटक हरुले सास्ती बेहोर्नु परेको गुनासोका बिच प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेको हो ।
पुल चाडो निर्माण सम्पन्न गर्नका लागि सन्दकपुर गाउँपालिकाले सम्बन्धित निकायमा पत्रकार गरेपछि इलाम जिल्ला प्रमुख इन्द्र देव यादव , सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ , उपाध्यक्ष हरी बहादुर लुङ्गेली, सडक डिभिजन कार्यलय इलाम प्रमुख सरला न्यौपाने र सन्दकपुर प्रमुख प्रशासकीय अधिकृत यादव राउतको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा सन्दकपुर गाउँपालिका वडा नं २ का अध्यक्ष सनम राईले पुल निर्माणको काम अलपत्र हुँदा पर्यटक र स्थानीयबासीलाई सास्ति भएकाले चाँडो निर्माण सम्पन्नको पहल गर्न आग्रह गरेका थिए ।





