फाकफोकथुम । फाकफोकथुम ४ वडा कार्यालयबाट सघीय सशर्त अनुदानमा फुएतप्पाका कृषकहरूलाई मकै विउ वितरण गरिएको छ । वडा कार्यालयले मनकामना तथा रामपुर प्रजातीको मकैको बिऊ वितरण गरेको हो ।
फाकफोकथुम कृषि शाखाको सहजीकरणमा संघिय सशर्त अनुदानमा फुएतप्पाका ७३ घर धुरी कृषकहरूलाई पचास प्रतिसत अनुदानमा मकैको बिउ बितरण गरिएको हो । मकैको विउं ७ हजार किलो बितरण गरिएको वडा चारका वडा सदस्य तारा विर मगरले जानकारी दिए ।
समुद्री सतहबाट एक हजार उचाईसम्ममा खेति लगाउन मिल्ने कृषकहरूलाई रामपुर मकै विउ बितरण गरिएको छ भने समुद्री सतहदेखि १ हजार ८ सय मिटर सम्ममा खेत बारीमा लगाउन मिल्ने कृषकहरूलाई मनकामना प्रजातीको मकैको बिउ बितरण गरिएको हो । ७३ घर धुरी कृषकहरूलाई आफुलाई आवश्यकता अनुसारको किसानहरुले १० केजी देखि ३० केजी सम्म वडाबाट बितरण गरिएको दलित महिला सदस्य नर माया बिकले बताइन् ।