Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल : रोङलाई हराउँदै सूर्योदय सेमीफाइनल प्रवेश

प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल : रोङलाई हराउँदै सूर्योदय सेमीफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन १४ २०८०


प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल : रोङलाई हराउँदै सूर्योदय सेमीफाइनल प्रवेश

फिक्कल । इलाममा जारी प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलमा जित हासिल गर्दै सूर्योदय नगरपालिका सेमीफाइनल प्रवेश गरेको छ । तेश्रो क्वाटरफाइनल खेलमा सूर्योदयले रोङ गाउँपालिकालाई ४–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

सूर्योदयको जितमा समिक्षा मगर, तुलसा बोहरा, सन्जु तामाङ र प्रतिक्षा राईले गोल गरिन् । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा सूर्योदयले गोल गरेको थियो । ७ मिनेटको अन्तरमा सूर्योदयले ४ गोल गरेको हो । १६ औ मिनेटमा डिफेन्डरहरुलाई छलाउँदै समिक्षाले सुरुवाती अग्रता दिलाइन् ।

१८ औ मिनेटमा पाएको पेनाल्टीलाई बोहराले जाली चुमाइन् । २१ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा रोङकी गोलरक्षक रन्जु राजवंशीलाई विट गराउँदै तामाङले तेश्रो गोल गरिन् । २३ औ मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकिक प्रहारलाई राईले गोलमा परिणत गरेपछि सूर्योदयले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

फाइनल प्रवेशका लागि सूर्योदयले माईजोगमाई गाउँपालिकासंग प्रतिस्पर्धा गर्नेछ । माईजोगमाईले फाकफोकथुम गाउँपालिकालाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार इलाम नगरपालिका र माङसेबुङ गाउँपालिका भिड्नेछ ।

समिक्षा खेलको वुमन अफ दि म्याच घोषित भइन् । उनले नगद ३ हजार र ट्रफी प्राप्त गरिन् । माईभ्याली फुटबल क्लबको आयोजनामा फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा इलामको १० वटा स्थानीय तहका महिला टिमको सहभागिता रहेको छ । बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार