नयाँबजार । पूर्वी पहाडमा घोडा भारी बोक्ने भरपर्दो साधनको रुपमा लिने गरिन्थ्याे । केही बर्ष यता स्थानीय तहमा वर्गीकरण गरिएसगै धेरै ठाउँमा घोडा लोप हुँदै गएको छ ।
इलामको पनि माथिल्लो भेगमा केही बर्ष पहिले घोडा प्रशस्तै रुपमा पाइदै आएकोमा स्थानीय तह गठन भएसंगै सडक सञ्जमल पुगेसगै घोडामा भर परेर भारी बोकाउने क्रम घट्दै गएकाे हाे । गाउँगाउँमा अहिले गाडि, अटोमा भारी बोकाउने चलन बढदो छ । तर पछिल्लो समय इलामको माईजोगमाई गाउँपालिका-२ का तिर्थराज अधिकारी बिगत ४२ बर्ष देखि निरन्तर घोडामा भारी बोकेर आफ्नो दैनिकी गुजारा साथै परिवारको पेट पाल्दै आइरहेका छन ।
अधिकारी अहिले ८२ बर्ष पुगे । उनी ४२ बर्ष अगाडि देखि घोडामा भारी बोकाएर आफ्नो दैनिकी चलाइरहेको छन् । इलामको पर्यटकीय ठाउँ माईजोगमाई गाउँपालिका वडा न २ र ६ को सिमाना थुम्केमा घोडाबाट सामान ढुवानी गरिरहेको भेटिएका अधिकारीले इलामको माथिल्लो भेग जोगमाई , जौवारी , प्याङ्ग , पंचमी , र भारतको विभिन्न ठाउँमा भारी बोकाएर परिवारको दैनिकी साथै आफ्नो व्यापार र दैनिकी धान्दै आइरहेका छन ।
पछिल्लो समय इलामको कन्याम ,श्रीअन्तु लगायत पर्यटकीय क्षेत्रमा घोडाले पर्यटकहरुलाई बोकेर राम्रो आम्दानीको श्रोत बनिरहेको छ । तर अधिकारी जस्ता घाेडापालक अहिले विस्थापनकाे चिन्ता छ । उनले आफ्नो उमेर संगै घोडामा भारी बाेकाएर परिवारको जिम्मेवार निर्वाह गरिरहदा सडक संजालले कहिँ कतै यो पेशा संकटमा पर्दै गइरहेको अनुभूति भएको बताए ।
किन घोडामा भारी बोकाउनु हुन्छ ? भन्ने प्रश्नमा अधिकारीले गाडीमा भन्दा सस्तो भाडा पर्ने र जस्तो सुकै ठाउँमा पनि सहजै पुग्ने हुदाँ घोडामै भारी बोकाएको बताए । पहिले प्रसस्तै घोडा पालिन्थयाे अहिले जताततै गाउँमा गाडी पुग्दै गर्दा घोडाबाट बोकाएर गर्दै आइरहेको व्यापार व्यवसाय धरापमा परेको ८२ बर्षिय अधिकारी आफ्नो अनुभव बताउँछन ।
पेशामा आफू एकदमै खुसी र सन्तुष्ट रहेको अधिकारी बताउछन् । यस्तै बाटोमा भेटिएका पेम्बा शेर्पाले पनि ऎतिहासिक जौवारी बजारबाट खाद्यान्न ढुवानी गर्दै छन् । शेर्पा र अधिकारी मात्र हैन यस्ता धेरै पात्र छन इलाममा जस्ले आफ्नो दैनिकी सधै घोडामा भारी बोकाएर निर्वाह गरिरहेका छन ।