Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम उप निर्वाचन : गठबन्धनबाट साझा उमेद्धवारी आफ्नो हुनुपर्ने माओवादी केन्द्रको दाबि

इलाम उप निर्वाचन : गठबन्धनबाट साझा उमेद्धवारी आफ्नो हुनुपर्ने माओवादी केन्द्रको दाबि

  • सन्देश सम्बाददाता
  • आइतबार, फाल्गुन १३ २०८०


इलाम उप निर्वाचन :  गठबन्धनबाट साझा उमेद्धवारी आफ्नो हुनुपर्ने माओवादी केन्द्रको दाबि

इलाम । इलाम क्षेत्र नम्बर २ मा हुने आसन्न उप–निर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ । उप–निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नावावली अध्यावधिक गर्न थालेसँगै राजनीतिक दलहरुले आफ्नो तयारी शुरु गरेका छन् । उप निर्वाचनमा आफ्नो पार्टीको भुमिका र उमेद्धवारीका बिषयमा नेकपा माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेला इलाममा सम्पन्न भएको छ ।
माओवादी केन्द्र जिल्ला अध्यक्ष बिजय खम्बुको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा इलाम दुई नम्बर निर्वाचन क्षेत्रका गाउँपालिका, नगरपालिका अध्यक्ष, पदाधिकारी र जिल्ला समन्वय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । नेकपा मओवादी केन्द्र केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रमन र प्रदेश अध्यक्ष हर्क बहादूर नेम्बाङ मिक्सोको आथित्यतामा भएको बैठकमा पालिका पालिका अध्यक्ष, पदाधिकारीले गठबन्धनको साझा उमेद्धवार माओवादी केन्द्रले लिन पहल गर्नुपर्नेमा जोड दिएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य प्रभास सर्माले बताए ।
गठबन्धनबाट साझा उमेद्धवार माओवादी केन्द्र हुनुपर्ने र गठबन्धनबाट पार्टीले साझा उमेद्धवारी दिन नपाए माओवादी केन्द्रले पार्टीबाट आफ्नो उमेद्धवारी पेश गर्नुपर्ने केन्द्रिय नेतृत्वलाई सुझाव दिने निर्णय भएको जिल्ला अध्यक्ष बिजय खम्बुले बताए । गठबन्धनबाट माओवादी केन्द्रले टिकट नपाएमा माओवादी केन्द्रको उमेद्धवारी दाबी गर्नुपर्ने भएकाले संगठन सुदृढिकरणका लागि लाग्नुपर्ने उपस्थिति नेता कार्यकर्ताले सुभाव दिएका छन् । बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रमन र प्रदेश अध्यक्ष हर्क बहादूर नेम्बाङ मिक्सोले स्थानीय नेता कार्यकर्ताको सुझाव अनुसार केन्द्रिय नेतृत्वसम्म पहल गर्ने बताएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार