Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अन्तरपालिका उपप्रमुख फुटबल : चुलाचुलीलाई हराउँदै इलाम क्वाटरफाइनल प्रवेश

अन्तरपालिका उपप्रमुख फुटबल : चुलाचुलीलाई हराउँदै इलाम क्वाटरफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन ११ २०८०


अन्तरपालिका उपप्रमुख फुटबल : चुलाचुलीलाई हराउँदै इलाम क्वाटरफाइनल प्रवेश

इलाममा जारी प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलमा जित हासिल गर्दै इलाम नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोश्रो प्रि–क्वाटरफाइनल खेलमा चुलाचुली गाउँपालिकालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै इलामले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा इलामकी गोलरक्षक सुशिला चौधरीले गोल रोक्दै वुमन अफ दि म्याच घोषित भइन् । उनले नगद ३ हजार र ट्रफी प्राप्त गरिन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा शनिबार माईजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिका भिड्नेछन् ।

माईभ्याली फुटबल क्लबको आयोजनामा फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा इलामको १० वटा स्थानीय तहका महिला टिमको सहभागिता रहेको छ । बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार