रोङ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत इलामको रोङ गाउँ पालिकाले श्रमको सम्मान, रास्ट्रको अभियान भन्ने नाराका साग २ हजार २ सय २० मिटर पक्की नाली बनाउने भएको छ । रोङको ६ वटा वडामा २२ सय २० मिटर पक्की नाली बनाउने तयारी गरेको हो । ६ वटै वडामा तत्काल काम सुचारु गर्ने योजना रहेको गउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवाषले बताए ।
गतबर्ष रोङ वडा न ५ मा १ सय ७५ मिटर र रोङ वडा न २ मा ३ सय ९१ मिटर जम्मा ५ सय ६४ मिटर प्रधानमन्त्री रोजगारबाट बाट पक्की नालि रोङ गाउँपालिकाले निर्माण गरेको थियो । त्यसमा निर्माणको काम सफल भएपछि यस बर्ष सबै वडा थप ब्यवस्थित गर्दै पक्की संरचनामा गाउँपालिकाले अघि बढाएको उपाध्यक्ष बिष्णुमाया खवासले बताइन् ।
प्रधानमन्त्री रोजगार परियोजना मार्फत गाउँपालिकाको दिगो बिकासको लागि सुव्यवस्थित ढंगले निर्माण कार्य अघि बढाउन गाउँपालिकाको कार्यलयमा समिती र दक्ष जनशक्तिलाई एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। अभिमुखिकरणमा कार्यक्रमको पृष्ठभुमि , उदेश्य , प्रक्रिया ,सम्झौता, निकासा लगायतको बिषयमा रोजगारकर्मीलाई जानकारी गाउँपालिकाले गराएको छ ।
