Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाबाट पार्क र सडक निर्माणले संकटमा लेप्चा इतिहास (तस्बिरहरु) 

सुर्योदय नगरपालिकाबाट पार्क र सडक निर्माणले संकटमा लेप्चा इतिहास (तस्बिरहरु) 

  • सन्देश सम्बाददाता
  • बुधबार, फाल्गुन ९ २०८०


सुर्योदय नगरपालिकाबाट पार्क र सडक निर्माणले संकटमा लेप्चा इतिहास (तस्बिरहरु) 
सुर्योदय । लोपउन्मुख लेप्चा जातिको इतिहास बोकेको इलामको सूर्योदय नगरपालिका १० को  फेन्सोङ गुम्बा संकटमा परेको छ । भुकम्पका कारण खण्डहर बनेको गुम्बा क्षेत्रमा पर्याप्त अध्ययन पूर्वाधार निर्माण गरिएपछि संरक्षण विहिन भएको हो ।
लोपोन्मुख लेप्चा जातिको इतिहास बोकेको ऐतिहासिक फेन्सोङ गुम्बा क्षेत्रको वनजंगल मासेर पूर्वाधार निर्माण गर्दा संकटमा परेको छ । सास्कृतिक तथा धार्मिक महत्व रहेको दूई सय वर्ष पुरानो पेन्सोङ गुम्बा क्षेत्रमा सूर्योदय नगरपालिकाले पर्यटन पार्क र सडक निर्माण गरेको हो ।
गुम्बा क्षेत्रको १६ रोपनी जग्गामध्ये १२ रोपनी क्षेत्रका १ सय ५० रुख काटेर पार्क बनाएको छ । नगरपालिकाबाट यो वर्ष सडक बनाउँदा गुम्बा क्षेत्रकै जग्गा कटिङ गरेपछि ऐतिहासिक फेन्सोङ गुम्बा जोखिममा परेको लामा चन्द्र बहादूर लेप्चाको गुनासो छ ।
खण्डहर भएको लेप्चा समुदायको गुम्बा क्षेत्रको वरिपरि अव्यवस्थित माटो कटिङले लेप्चा जातिको सभ्यता बोकेको गुम्बा नै ढल्ने अवस्थामा छ । लेप्चा जातिको अध्यात्मिक केन्द्र रुपमा रहेको फेन्सोङ गुम्बा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा नगरपालिकाबाट पर्याप्त छलफल नभएको उनीहरुको गुनासो छ ।
फेन्सोङ गुम्बा क्षेत्रमा लेप्चा जातिको समाधिस्थल पनि रहेको छ । समाधिस्थलमा सूर्योदय नगरपालिका ९ र १० मा बसोबास गर्ने लेप्चा जातिले दाहासस्कार गर्दै आएका छन् । तर अहिले समाधिस्थल भएर सडक निर्माण भएपछि समस्या भएको लेप्चा समुदायका अगुवा पुनम लाप्चाले बताए ।
इलाममा मात्रै बसोबास गर्ने लोपउन्मुख समुदाय लेप्चाको सूर्योदय नगरपालिका ८ मा याङ्थोङ्ग र १० मा फेन्सोङ गुम्बा छ । अध्ययनकर्ताको अध्ययनको क्षेत्र अध्ययनको गन्तव्य रहेको गुम्बामा पटक पटक भौतीक पूर्वाधारका नाममा प्राकृतिक क्षेत्रमा मास्ने काम भएपछि लेप्चा समुदाय चिन्तित भएको लेप्चा समुदायका अगुवा वुद्धकाजि लेप्चाले बताए ।  बास्तुकलाको दृष्टिकोणले मौलिक र फरक रहेका गुम्बा क्षेत्र संरक्षण गर्नुपर्नेमा पूर्वाधार निर्माण गर्दा उनीहरुको इतिहास नै मेटिने अवस्थामा पुगेको उनले बताए ।
जंगल मासेर पार्क, सडक बनाउँदा समाधिस्थल संकटमा 
  सूर्योदय नगरपालिका १० स्थित फेन्सोङ गुम्बा १ सय ५० वर्ष पुरानो गुम्बा हो । पुरातत्व विभागले संरक्षणको सुचिमा राखेको गुम्बा क्षेत्रमा रुख मासेर पार्क निर्माण गर्दा गुम्बामको मौलिकता नै हराएको लामा चन्द्र बहादूर लेप्चाले बताए । उनले भने–‘गुम्बा क्षेत्र शान्त र योग साधना गर्ने क्षेत्र हुनुपर्ने भएपनि पर्याप्त छलफल नभइ रुख ढालेर उजाड बनाइएको  छ ।’ अहिले गुम्बा क्षेत्रमा रहेको लेप्चा जातिको समाधिस्थल भएर सडक खन्दा खण्डहर गुम्बा नै संकटमा परेको उनको गुनासो     छ । लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि सूर्याेदय नगरपालिकाले बनाएको पार्कमा सबै प्रकृतिको मान्छे  राति १२ बजेसम्म हल्ला गर्ने गरेको पुजारी चन्द्र बहादूर लेप्चाले बताए ।
तीन वर्षमा निर्माण सक्ने लक्ष्य रहेको पार्कको काम अहिलेसम्म सकिएको    छैन । एक करोड ८० लाखमा पार्क निर्माण शुरु भएपछि पार्क निर्माण गर्दा गुम्बाको जग नै असुरक्षित रहेको लेप्चा समुदायको गुनासो छ ।  गुम्बा आफैमा पर्यटकीयस्थल भएपनि रुख काटेर  उजाड बनाएर पार्क बनाउँदा गुम्बाको महत्व हराएको अहिले विकास निर्माण थप्दा लेप्चाजातिको इतिहास नै मेटिने डर रहेको लेप्चा समुदायका अगुवा बुद्धकाजी लेप्चाले बताए ।
उनले भने– फेन्सोङ गुम्बा लेप्चा जातिको मात्र होइन समस्त भुमिपुत्र आदिबासीहरुको पुरातात्तिवक सम्पदा धर्म सस्कृति भएकाले नगरपालिकाले त्यसमा  प्रहार हो । उनले भनेका छन्–‘सरकारी अतिक्रमण र ज्यादती बिरुद्ध सबैले आवाज उठाउनुपर्छ ।
गुम्बा क्षेत्र भएर सडक बाइपास गरि निर्माणको काम अहिले सूर्योदय नगरपालिकाले गर्दै आएको छ । सडकको ट्रयाक खन्दा गुम्बा क्षेत्रको रुख ढालेर राति राति डोजर लगाइएको थियो । जसका कारण गुम्बाको जग र लेप्चा जातिको समाधिस्थल संकटमा परेको लेप्चा समुदायको भनाइ छ ।  नगरपालिकाले जंगल मासेर पार्क बनाउँदा काटिएका रुखको हिसाब किताब पनि अहिले सार्वजनीक नभएको लेप्चा समुदायको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार