Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल : उद्धघाटन खेलमा देउमाई र रोङ भिड्ने

प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल : उद्धघाटन खेलमा देउमाई र रोङ भिड्ने

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ७ २०८०


प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल : उद्धघाटन खेलमा देउमाई र रोङ भिड्ने

इलाम । प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा देउमाई नगरपालिका र रोङ गाउँपालिका भिड्ने भएका छन् । माईभ्याली फुटबल क्ल्बको आयोजनामा आगामी फागुन १० गतेबाट इलामको ठुलो टुडिखेलमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा इलामका १० वटै पालिकाका एक–एक टिम सहभागी हुनेछन् । तालिका अनुसार फागुन ११ गते इलाम नगरपालिका र चुलाचुली गाउँपालिका, १२ गते फाकफोकथुम र माइजोगमाई गाउँपालिका तथा १३ गते माई नगरपालिका र सन्दकपुर गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ । बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । स्थानीय खेलाडी महिलाको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्मका प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक क्लब अध्यक्ष दिनेश काफ्लेले बताए ।

प्रतियोगितामा करिब नौ लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको छ । प्रत्येक दर्शकबाट अन्य दिन ५० रुपैयाँ र फाइनलको दिन सय रुपैयाँ प्रवेश शुल्क उठाइने भएको छ । अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिनेछ भने विद्यार्थीलाई आधा छुट दिइने आयोजक क्लबका सन्तोष भक्तराजले जानकारी दिए

फाइल तस्बिर : उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिका

प्रतिक्रिया
सम्बन्धित समाचार