इलाममा जारी प्रथम ओएसिस महिला फुटबल प्रतियोगिताकाे उपाधिकाे लागि मानेभञ्ज्याङ एफसी भारत र दीपेन्द्रशिखर एफसी इलाम भिड्ने भएका छन् ।
ठूलो टुँडिखेलमा जारी प्रतियाेगिताकाे पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङले सप्तरीको नमोबुद्ध युथ क्लबलाई १–० गोलान्तरले पाखा लगाइ फाइनल यात्रा तय गरेको हो । मानेभञ्ज्याङको जितमा सिम्रन गुरुङको एकमात्र गोल निर्णायक बन्यो ।
दोस्रो सेमिफाइनलमा दीपेन्द्रशिखरले झापाको बिर्तामोड युनाइटेडलाई २–० गोलान्तरले पराजित गरेको हो । । दीपेन्द्र शिखरका लागि तमलिका सरकार र सुुनिता सरकारले गोल गरिन् ।
प्रतियोगिताको फाइनल आउँदो ७ गते हुनेछ ।
विजेताले नगद दुई लाखसहित मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिँदैछ । यो प्रतियोगिता दर्शकले निःशुल्क हेर्न पाएका छन् ।