Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

विपद् व्यवस्थापन तथा प्रतिकार्य सचेतना कार्यक्रम संचालन  (तस्बिरहरु)

विपद् व्यवस्थापन तथा प्रतिकार्य सचेतना कार्यक्रम संचालन  (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन ४ २०८०


विपद् व्यवस्थापन तथा प्रतिकार्य सचेतना कार्यक्रम संचालन  (तस्बिरहरु)

इलाम । इलाम नगरपालिका ७ मा रहेको हेरिटेज नेसनल एकाडेमीमा विपद् व्यवस्थापन तथा प्रतिकार्य सचेतना कार्यक्रम संचालन भएको छ । विभिन्न कारणबाट हुनसक्ने आगलागी र भुकम्प आउँदा अपनाउन सकिने सुरक्षात्मक उपायका बारेमा सचेतना कार्यक्रम सहित अभ्यास समेत गरिएको थियो । भुकम्प तथा आगलागीका घटना पश्चात हुने घाईतेहरुको वर्गीकरण गरि छिटो भन्दा घिटो प्राथमिक उपचार सहित आकस्मिक उद्धार गरिने विधिबारे नमुना अभ्यास संचालन गरिएको हो ।

अभ्यासको क्रममा दैनिक जिवनमा प्रयोग गरिने ग्याँस सिलिण्डरमा आगलागी भएमा कसरी सुरक्षित रहने र आगलागीलाई नियन्त्रण गर्ने विषयमा समेत नमुना अभ्यास गरिएको थियो । सुख्खा मौसमको समयमा हुने आगलागी र आपतकालिन यस्ता घटनाहरुबाट हुन सक्ने जोखिम र संभावित दुर्घटनावाट हुने क्षति कम गराउने उद्देश्यले अभ्यास संचालन गरिएको हो । अभ्यासको क्रममा इलामको रणशार्दूल गण इलामबाट अधिकृतको कमाण्डमा खट्टिएको ४५ जनाको टोलीले अग्नी नियन्त्रण, भुकम्प आउदा अपनाउनु पर्ने सुरक्षा, घाईतेको उद्दार लगायतको भुमिका प्रदर्शन गरेका थिए ।

अभ्यासको क्रममा रणशार्दूल गणका गणपति प्रमुख सेनानी प्रल्हाद घले, एकाडेमीका विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी र स्थानिय बासिन्दाहरु गरि करिव ६ सय ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा एकाडेमीका प्रधानाध्यापक संजीवबल तामाङले नेपाली सेनाबाट प्रस्तुत गरिएको सचेतनामुलक कार्यक्रम अति उपयोगी रर प्रशंसनिय रहेको बताए । नेपाली सेनाबाट संचालन गरिने यस्ता कार्यक्रमहरुले नागरिक सैनिक सम्बन्ध सुधारमा समेत टेवा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार