इलाम । पर्यटकीय जिल्ला इलामको सदरमुकाममा कोशी प्रदेश सरकारको गौरवको आयोजना बहुतले मोटर पार्किङ भवन निर्माण भएको छ । नेपालमा सरकारी लगानीमा पहिलोपटक निर्माण भएको बहुतले भवनमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे सहित २ सय ५० सवारीसाधन पार्किङको क्षमता छ ।
पर्यटकीय जिल्ला इलाममा बहुतले मोटर पार्किङ र सिनेमा हल सहितको भवन निर्माण भएको छ । कोशी प्रदेश सरकारको गौरवको आयोजना पार्किङसहतिको बहुतले भवन ११ करोड १० लाख ३९ हजारमा निर्माण भएको हो । जिप, कार, भेन र मोटरसाइकल सहित २ सय ५० वटा सवारीसाधन पार्किङ गर्ने क्षमता छ । ९० प्रतिशत काम सम्पन्न भएको बहुतले पार्किङ भवनमा अहिले सावारीसाधन पार्किङ हुन थालेका छन् ।
सहरी क्षेत्रत्रमा सडकमै पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएपछि प्रदेश सरकारले बहुतले पार्किङ भवन निर्माण भएको हो । पार्किङ भवनमा सवारीसाधन पार्किङ गर्दा सहज भएको यातायात व्यवसायी अशोक कुमार तामाङको भनाइ छ । इलाम नगरपालिकाले तयार गरेको परियोजना प्रस्ताव अनुसार एक तला अन्डरग्राउण्ड सहित तिनतलामा सवारीसाधन पार्किङ गरिएको छ । चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोडको व्यवस्था गरिएको छ । साना सवारीसाधन पार्किङ गर्न सकिने भवन नेपालमा सरकारीस्तरबाट पहिलो पटक निर्माण भएको हो ।
पार्किङ भवन निर्माणले सडकमा अव्यवस्थित रुपमा हुने पार्किङ व्यवस्थित हुन थालेको छ । कोशी प्रदेशको गौरवको योजनामा रहेको बहुतले यो वर्ष नै पूर्ण रुपमा सम्पन्न भइ हस्तान्तरण हुने शहरी तथा भवन डिभिजन इलामका इञ्जिनियर प्रशान्त राईले बताए ।
इलाम नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारबाट परिमार्जन गरी १७ करोडमा लागत स्टामेट तयार भएको थियो । भवनको कविन्द्र नवसिर्जन जेभिले ११ करोड बढीमा ठेक्का संझौता भइ निर्माण भएको हो । चार रोपनी क्षेत्रफल निर्माण हुँदै आएको भवनको सिनेमा हलमा प्रतिहल २ सय ५० जना अट्ने क्षमता रहने छ ।