नयाँबजार । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुर्योदय नगर कमिटीले नगर ४० जना युवाहरूलाई नि:शुल्क ड्राइभिङ ट्रेनिङ संचालन गरिरहेको छ ।
सुर्योदय नगरपालिका-१० सिमपानी , फिक्कल र वडा नं ६ डुडे गैरामा गरि ४० जनालाई रोजगार होस भन्ने हेतुले सीप सिकाइरहेको राष्ट्रिय युवा संघ नेपाल सुर्योदय नगर कमिटी अध्यक्ष उदयहाङ्ग फागोले जानकारी दिए ।
राष्ट्रिय युवा संघ नेपाल सुर्योदय नगर कमिटी साथै बुद्वशान्ति मोटर ड्राइभिङ सेन्टरको विषेश सहयोगमा गत माघ १८ गतेदेखी फागुन १७ गते सम्म ड्राइभिङ ट्रेनिङ संचालन भइरहेको सचिव प्रकाश अधिकारीले जानकारी दिए ।
राष्ट्रिय युवा संघ नेपाल सुर्योदयले आगामी दिनमा महिलाहरुको लागि पार्लर ट्रेनिङ र कृषकहरुको लागि कृषि सम्बन्धि विशेष कार्यक्रम पनि ल्याएर बेरोजगारी युवाहरुलाई आत्मनिर्भर बनाउन लागि पर्ने अधिकारीले जानकारी दिए ।