इलाम– नेपाल उद्योग तथा व्यवसायी महासंघ, इलाम जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । केशव खनालको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन भएको हो ।
नवगठित कमिटीको उपाध्यक्षद्वयमा रोशन श्रेष्ठ र तुलसा खत्री तथा सचिवमा महेश सापकोटा तीन सहसचिवमा अर्जुन खनाल, मौतराज राई र दिनेश खनाल, कोषाध्यक्षमा पम्फा बराइली, चुनिएका छन् ।
सहकोषाध्यक्ष पछि चयन गरिने जनाइएको छ । सदस्यमा मनोज सुवेदी, सारु मगर र गंगा पाठक उप्रेतीलगायत चयन भएको दिनेश ढकालले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष तथा सांसद एलपी साँवाले गरेका थिए ।