Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता छनौटमा इलामको जुबिलेन्ट इलाइट एकाडेमी प्रथम (तस्बिरहरु)

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता छनौटमा इलामको जुबिलेन्ट इलाइट एकाडेमी प्रथम (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, माघ २६ २०८०


राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता छनौटमा इलामको जुबिलेन्ट इलाइट एकाडेमी प्रथम (तस्बिरहरु)

इलाम । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता छनौटमा इलामको जुबिलेन्ट इलाइट एकाडेमी इलाम नगरपालिका भित्रका विद्यालयहरुमा प्रथम भएको छ । १४औ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता इलाम नगरपालिकाद्धारा भएको छनौटमा एकाडेमीले सबैभन्दा धेरै गोल्डमेडल हात पारेको हो ।


रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगितामा इलाम नगरपालिका बाट सर्वाधिक मोल्डमेडल सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । मर्शलआर्टका , उसु र तेक्वान्दो, तेकवान्दोमा मा प्रथम स्थान हासिल गर्दै १६ गोल्ड मेडल सहित एकाडेमी प्रथम भएको हो ।  विद्यालयस्तरको राष्ट्रपति रनिङ सिल्डमा जुबिलेन्ट इलाइट एकाडेमीले विगत तिन वर्षमा प्रथम भइ सिल्ड हात पारेको थियो । त्यसैगरि इलाम माध्यमिक विद्यालयले १५ वटा गोल्डमेडलसहित दोस्रो छनौट भएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार