सन्दकपुर । हिमपातले अवरुद्ध भएको पर्यटकीय क्षेत्र सन्दकपुरमा ५ दिनपछि विद्युत प्रशारण लाइन सुचारु गरिएको छ । पाँचदिनको निरन्तर प्रयास पछि हिमपात र हावाहुरीले ढलेका पोल र चुडिएका तारहरुको मर्मत गरि विद्युत सेवा सुचारु गरिएको हो । प्रदेश प्रमुख पर्यटकीय गन्तव्य इलामको सबैभन्दा उच्च भागमा हिमपात र हावाहुरीका कारण विद्युतका तार र पोलहरु ढलेका थिए ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले सन्दकपुर गाउपालिकाको पर्यटकीय स्थल सन्दकपुर, कालपोखरी, गैरीबास क्षेत्रमा मर्मत गरि अबरुद्ध भएको बिद्युत प्रसारण सुचारु भएको विद्युत प्राविधिक दुर्गा पाठकले बताए । विद्युत प्रशारण लाइन सुचारु गर्नका लागि शसस्त्र प्रहरी बल बिओपि कालपोखरी ,अस्थायी प्रहरी चौकी कालपोखरी र स्थानियबासीले सहयोग गरेका थिए ।


