Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

महेन्द्र रत्न बहुमुखि क्याम्पसमा खेलकुद सप्ताहसँगै नव आगन्तुक विद्यार्थीलाई स्वागत 

महेन्द्र रत्न बहुमुखि क्याम्पसमा खेलकुद सप्ताहसँगै नव आगन्तुक विद्यार्थीलाई स्वागत 

  • सन्देश सम्बाददाता
  • बुधबार, माघ २४ २०८०


महेन्द्र रत्न बहुमुखि क्याम्पसमा खेलकुद सप्ताहसँगै नव आगन्तुक विद्यार्थीलाई स्वागत 
इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद सप्ताह आयोजनाको समापन भएको छ । नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न खेलकुद सप्ताहको समापनका अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । खेलकुद सप्ताह माघ २१ देखि २४ गतेसम्म आयोजना भएको हो । खेलकुद सप्ताहमा विद्यार्थीबीच भलिबल, छेलो, बुुद्धिचाल, टेबलटेनिस र म्युजिकल चेयरलगायत खेल आयोजना गरिएको थियो । खेलकुद सप्ताहको समापनको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनका सभापति दर्शन कुलुङ राईले बताए । खेलकद सप्ताहमा भएको प्रतियोगिताका बिजेता र उप विजेतालाई प्रदेशसभा सदस्य राम बहादूर राना मगर लगायतका अतिथिहरुले  पुरस्कार प्रदान गरेका थिए ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखि क्याम्पसका सभापछि दर्शन कुलुङ राईको अध्यक्षतामा भएको खेलकुद सप्ताह समापन र नव आगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा उत्कृष्ट विद्यार्थी र क्याम्पसका कर्मचारीहरु सम्मान गरिएको थियो । उत्कृष्ट विद्यार्थीमा विष्णुमाया घिमिरे शिक्षासास्त्र संकाय चौथो वर्ष, किरण खनाल व्यवस्थापन चौथो वर्ष, सविना विश्वकर्मा मानविकी चौथो वर्ष, कविता थापा बिबिए प्रथम सेमेस्टर, निस्चल श्रेष्ठ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी छन् ।
त्यसैगरि सम्मानीत हुनेमा निर्वतमान क्याम्पस प्रुमुख खगेन्द्र चापागाई, निर्वतमान विद्यार्थी कल्याण प्रमुख कृष्ण खत्रि, मालि बिरबहादूर लिम्बु, आर्बिटर निर्णायक सुरेन्द्र राई, चेस प्रशिक्षक खड्ग लिम्बु, फुटबल कोच छिरिङ पासाङ सेर्पा र आत्मारक्षा तालिमका प्रशिक्षक खगेन्द्र ठकुरी रहेका छन् । स्ववियू सचिव राजेन्द्र लोहारले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य स्ववियू उपाध्यक्ष सुशान्त चापागाईले गरेका थिए । कार्यक्रममा नवआगन्तुक विद्यार्थीको तर्फबाट सलिन राई, दिक्षा घिमिरे, प्रश्ना मगर, कोपिला आचार्यले आफ्नो मन्तव्य राखेका थिए ।
औपचारीक कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि प्रदेशसभा सदस्य राम बहादूर राना मगर, बिषेश अतिथि निमित्त क्याम्पस प्रमुख सिताराम घिमिरे, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिजय खुम्बु, पूर्व क्याम्पस प्रमुख खगेन्द्र प्रसाद चापागाई र स्ववियू अध्यक्ष दर्शन कुलुङ राईले शिक्षा क्षेत्रको विकासमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा सास्कृतिक कार्यक्रम संचालन गरिएको थियो । सास्कृतिक कार्यक्रम स्ववियु साहायक सचिव रेविका राई र कोषाध्यक्ष बिशाल कार्कीले संचालन गरेका थिए । कार्यक्रममा क्याम्पसमा अध्ययरत सबै संकायका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार