Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

देउमाई कप : इलाम माथि जित निकाल्दै माई नगरपालिका फाइनल प्रवेश

देउमाई कप : इलाम माथि जित निकाल्दै माई नगरपालिका फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ २४ २०८०


देउमाई कप : इलाम माथि जित निकाल्दै माई नगरपालिका फाइनल प्रवेश

फिक्कल । उपाधिको दावेदार इलाम नगरपालिकालाई फराकिलो गोल अन्तरले हराउँदै माई नगरपालिका प्रथम देउमाई कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबारेको छात्रावास खेलमैदानमा जारी प्रतियोगितामा माईले इलाम माथि ३–० गोल अन्तरको जित निकालेको हो । माईको जितमा विशाल तामाङ, पवन राई र सुवासचन्द्र नेम्वाङले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा माईले दोश्रो हाफमा स्कोर निकालेको हो । दोश्रो हाफको छैटौ मिनेटमा विशाल तामाङले डिबक्सबाट बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । १७ औ मिनेटमा इलामका गोलरक्षक विवेक मगरको गल्तीको फाइदा उठाउँदै पवन राईले अग्रता दोब्बर बनाए ।

खेलमैदानको मध्यभागबाट हेडर मार्फत आएको पासलाई गोलरक्षक मगरले क्लियर गर्ने क्रममा डिफ्लेक्ट भएपछि पाएको अवसरलाई राईले जाली चुमाए । इन्जुरी समयमा सब्स्टिच्युटको रुपमा मैदान प्रवेश गरेका नेम्वाङले सुजन नेम्वाङको क्रस पासमा गोल गरे । खेलको म्यान अफ दि म्याच माईका विकाश बराल घोषित भए ।

विहिबार दोश्रो सेमीफाइनल खेलमा सन्दकपुर गाउँपालिका र चुलाचुली गाउँपालिका भिड्नेछन् । सेमीफाइनल प्रवेशका लागि चुलाचुलीले फाकफोकथुम गाउँपालिका र सन्दकपुरले रोङ गाउँपालिकालाई हराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार