फिक्कल । इन्जुरी समयमा स्कोर गर्दै माई नगरपालिका प्रथम देउमाई कपको सेमीफाइनल प्रवेश गरेको छ । देउमाई नगरपालिकाको छात्रावास खेलमैदानमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा माईले सूर्योदय नगरपालिका माथि २–० गोल अन्तरको जित निकाल्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा गोल नभएपछि थपिएको दोश्रो हाफको ४ मिनेट इन्जुरी समयमा माईले लगातार २ गोल गरेको थियो । जितसंगै माईले फाइनल प्रवेशका लागि इलाम नगरपालिका र फाल्गुनन्द गाउँपालिका बिचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । इलामले माईजोगमाईलाई हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो । चुलाचुली र फाकफोकथुम गाउँपालिका २–२ गोलको बराबरीमा खेलिरहेका छन् । निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि निर्णयका लागि टाइब्रेकर प्रहार भइरहेको छ ।