सम्पादित मुख्य कामहरु :
४ वटा सडक, १ वटा पुल र १ वटा रंगशाला गरि जम्मा ६ वटा ठेक्का खुलाई योजनाहरु कार्यान्वयन भइरहेको तथा बचत रकमको पुन ठेक्का खुलाइएको,
बालअधिकार समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम संचालन गरिएको रसबै विद्यालयहरुमा बाल क्लव गठन गरिएको।
टोल विकास सँस्थाहरु गठन गरि अभिमूखिकरण गरि नागरिक कर्तव्य तथा सरकारप्रति नागरिकको अपनत्व विकासको प्रयास भएको ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ५ वटै वडाहरुमा संचालन गरिएको ।
लैङ्गिक तथा घरेलु हिंसा, बाल विवाह, जवरजस्ती करणी, दुर्व्यसन सम्बन्धी कानूनी सचेतना कार्यक्रम तथा जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा अपराध न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको ।
RMIS (स्थानीय तह राजश्व व्यवस्थापन सूचना प्रणाली) द्वारा आन्तरिक राजश्व संकलनको कार्य सुचारु गरिएको ।
कार्यालयबाट यस आ.व.मा नियमित कामका अतिरिक्त सम्पादन भएरगरेको मुख्य कार्यहरुस्
निर्माणाधिन रहेको जोरपोखरी क्षेत्रमा काम अवरुद्ध भएकोमा जग्गाधनी तथा अन्य सरोकारवालासँग समन्वय गरी काम चालू गरिएको,
अस्पताल निर्माणको सम्बन्धमा प्रयासहरु भइरहेको,
धार्मिक एकता तथा भातृत्वको सन्देशसाथ त्रिधार्मिक महोत्सव तथा महापुराण सम्पन्न भएको,
सुचना प्रविधिको महत्तम उपयोग,
समस्या रचुनौतीहरु :
संघरप्रदेश सरकार तथा अन्य निकायबाट प्राप्त हुने श्रोतरसाधनहरु समयमै प्राप्त हुन नसक्नु,
केही महत्वपूर्ण कानुनहरु अझै बनि नसकिएकोले काममा अन्योलता रहनु,
संघीय र प्रदेशीय आयोजनाहरुको कार्यान्वयनमा स्थानीय सरकारसंग समन्वय अभावले बेला बेला समस्या पर्नु,
बार्षिक बजेटको आयतनमा कमी हुनु त्यस माथि पनि पूर्णरुपमा प्राप्त नहुनु,
दक्ष कर्मचारी अभाव तथा कर्मचारीमा नैरास्यता रहनु,
स्थानीय सरकारहरुवीच कार्यप्रणालीमा एकरुपता नहुनु,
बजेटको विनियोजनमा वैज्ञानिकता र प्रथामिकिरण नहुनु ।
Sandakpur-Gaupalika-1st-Quarterly-Report-2080