इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद सप्ताहको उद्घाटन भएको छ । नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रमसहित माघ २१ देखि २४ गतेसम्म खेलकुद सप्ताह आयोजना गरिएको हो ।
युनियनका अनुसार विद्यार्थीबीच भलिबल, छेलो, बुुद्धिचाल, टेबलटेनिस र म्युजिकल चेयरलगायत खेल आयोजना गरिएको छ । २४ गते सांस्कृतिक कार्यक्रम आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनका सभापति दर्शन कुलुङ राईले बताए । स्ववियु सभापति दर्शन कुलुङ राईको अध्यक्षता नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य प्रभास सर्मा आर्चायको प्रमुख आथित्यतामा सप्ताहको उद्घाटन भएको हो ।
उद्घाटन सत्रको अतिथिहरुमा महेन्द्र रत्न बहुमुखि क्याम्पसका निमित्त क्याम्पस प्रमुख सिताराम घिमिरे, साहायक क्याम्पस प्रमुख प्रविन घिमिरे, भिम रिजाल, अनेराश्ववियू क्रान्तिकारी जिल्ला अध्यक्ष नयन बान्तवा राई, पूर्व विद्यार्थी नेता गञ्जु प्रधान, त्रिवि प्राध्यापक संघका सभापति गंगाराम पौडेल, त्रिवि कर्मचारीको तर्फबाट केन्द्र खत्रि लगायतको आथित्यता रहेको थियो ।


























