सन्दकपुर । नेकपा एमाले सन्दकपुर गाउँपालिका पालिका पुर्ण कमिटीको बैठक सम्पन्न भएको छ। पालिका कमिटी अध्यक्ष गिरिराज खनालको अध्यक्षता तथा नेकपा एमाले इलाम जिल्ला कमिटीका सचिव कमरेड उमेश गुरुङको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकले पालिकामा पार्टी भुमिका शसक्त बनाउने, जनवर्गीय संगठनहरुलाई चलायमान बनाउने, पार्टी संगठन र जनप्रतिनिधि बिचको सम्बन्ध लाई समन्वायत्मक बनाउने निर्णय भएको छ । बैठकले माघ २६ गते हुने पार्टी प्रशिक्षण कार्यक्रम लाई सम्पन्न गर्ने निर्णय गरेको छ।
साथै फागुन २२ गते सन्दकपुरको पर्यटकीय स्थल सन्दकपुर डाँडामा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के पि शर्मा ओलिलाई भ्रमण गराउने योजनाको तयारी गर्ने निर्णय भएको हो ।