Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा पत्रकार निष्ठुरीसहित डेढ सयभन्दा बढी सम्मानित

इलाममा पत्रकार निष्ठुरीसहित डेढ सयभन्दा बढी सम्मानित

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २० २०८०


इलाममा पत्रकार निष्ठुरीसहित डेढ सयभन्दा बढी सम्मानित

फिक्कल–नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरी इलाममा सम्मानित भएका छन् । लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका पत्रकार निष्ठुरीलाई शुक्रवार इलाम नगरपालिकाले १४औँ नगरसभा उद्घाटनका अवसरमा सम्मान गरेको हो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएका बेला निष्ठुरी पत्रकार महासङ्घका अध्यक्ष थिए ।

लोकतान्त्रिक आन्दोलनका क्रममा उनी जेलसमेत परेका थिए । त्यसैगरी इलाम नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सोमनाथ सुसेलीलाई पुरस्कृत गरेको छ । २१ हजार १११ रुपैयाँ नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुसेलीलाई पुरस्कृत गरेको हो ।

त्यसैगरी सोही राशिको उत्कृष्ट दुग्ध उत्पादक पुरस्कार पार्वती कटवाल, उत्कृष्ट फलफूल उत्पादक पुरस्कार सामवेद चापागाईँ, उत्कृष्ट चिया उत्पादक कृषक पुरस्कार डम्बर खत्रीले पाएका छन् । त्यस्तै नगरपालिकाले पूर्वसचिव खेमराज नेपाल, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्वक्याम्पस प्रमुख खगेन्द्रनाथ शर्मा, खेलकुद क्षेत्रमा योगदान पुर्याएका नन्दकुमार राईसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका १५० जनाभन्दा बढीलाई सम्मान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार