Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकामा शिक्षकहरुलाई पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम (तस्बिरहरु)

सन्दकपुर गाउँपालिकामा शिक्षकहरुलाई पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम (तस्बिरहरु)

  • खेमराज ढकाल
  • शनिबार, माघ २० २०८०


सन्दकपुर गाउँपालिकामा शिक्षकहरुलाई पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम (तस्बिरहरु)

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका भित्रका विद्यालयका शिक्षकहरुलाई परिवर्तन पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम भएको छ । परिवर्तन भएको पाठ्यक्रमका बारेमा शिक्षकहरुलाई जानकारी दिने उदेश्यले प्रवोधिकरण कार्यक्रम आयोजना गरिएको हो । सन्दकपुर गाउँपालिका शिक्षा शाखाद्धारा आयोजना भएको प्राथमिक तह कक्षा १ बाट ५ सम्मका शिक्षकहरुलाई पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम सम्पन्न भएको छ । आधारभुत तहको पाठ्यक्रम प्रवोधिकरण कार्यक्रममा २६ विद्यालयको ३१ जना शिक्षकहरु सहभागि भएका थिए ।


शिक्षा समिति सदस्य कुसुम राईको अध्यक्षतामा भएको प्रवोधिकरण कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, अतिथि उपाध्यक्ष हरि बहादूर लुङ्गेली, शिक्षा शाखा प्रमुख सुनिल निरौला रहेका थिए । प्रवोधिकरण कार्यक्रममा प्रमुख प्रशिक्षक उमेश बुडाथोकी, प्रशिक्षक सुनिल निरौला रहेका थिए ।


यसैगरि कक्षा ६ देखि १२ सम्म शिक्षकहरुलाई पाठ्यक्रम प्रवोधिकरण गर्ने कार्यक्रम शुरु भएको छ । आधारभुत तथा माध्यमिक तहको प्रवोधिकरण कार्यक्रमको अध्यक्षता शिक्षा समिति सदस्य नेत्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, बिषेश अिितथि उपाध्यक्ष हरि लुङ्गेली, मुख्य प्रशिक्षक उमेश बुडाथोकी र शिक्षा शाखा प्रमुख सुनिल निरौलाको आथित्यता रहेको थियो । २ दिनसम्म चल्ने प्रवोधिकरण कार्यक्रममा २३ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार