Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा कटन क्याण्डी बेच्न रोक

इलाममा कटन क्याण्डी बेच्न रोक

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २० २०८०


इलाममा कटन क्याण्डी बेच्न रोक

इलाम : जिल्ला प्रशासन कार्यालय इलामले अखाद्य कटन क्याण्डी बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सो सामग्री बिक्री वितरणमा रोक लगाउन स्थानीय सरकारलाई आग्रह गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुल्ला रुपमा बेचिन कटन क्यान्डीको नमुना परिक्षण गर्दा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएपछि बिक्री वितरणमा रोक लगाएको सो सूचनामा उल्लेख गरिएको छ ।

बालबालिकालाई लक्षित गरी बिक्री वितरण हुने सो कटन क्यान्डी तथा बिक्री वितरण नगर्न र लेबल नभएको सामग्री वितरण नगर्न जिल्लाबासीलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार