Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

दूग्ध पदार्थको बजार सुनिश्चित गर्न संघीय सरकारसँग फाकफोकथुम गाउँपालिकाको माग

दूग्ध पदार्थको बजार सुनिश्चित गर्न संघीय सरकारसँग फाकफोकथुम गाउँपालिकाको माग

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ १९ २०८०


दूग्ध पदार्थको बजार सुनिश्चित गर्न संघीय सरकारसँग फाकफोकथुम गाउँपालिकाको माग

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकाले दूग्ध पदार्थ सामग्रीको बजार सुनिश्चित गर्न माग गरेको छ । ६० प्रतिशत बढी किसान पशुपालनमा आवद्ध रहेको गाउँपालिकामा १ सय ४१ वटा डेरी उद्योगमा दुग्धपदार्थ घिउ, छुर्पी उत्पादन हुँदै आएको छ ।

गाउँपालिका भित्रका किसानको मुख्य आयश्रोत पशुपालनमा आधारित उद्योग रहेकाले उद्योगमा उत्पादन भएको सामग्रीको बजार सुनिश्चित संघीय सरकारले गर्नुपर्ने भन्दै संघीय सरकारसँग माग गरेको हो । गाउँपालिकाको शुक्रबार सम्पन्न कार्यपालिका बैठकले दूग्ध पदार्थको बजारीकरणका लागि गाउँपालिकाले सहजिकरण मात्रै गर्न सक्ने भएकाले राष्ट्रिय र अन्तराष्ट्रिय बजार सुनिश्चित गर्ने काम संघीय सरकारले गर्नुपर्ने गाउँपालिकाको माग छ ।
गाउँपालिकाले कृषि तथा पशुपक्षि विकास मन्त्रालयमा ध्यानआकर्षण पत्र समेत पठाएको छ । गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालद्धारा हस्ताक्षरित ध्यानआकर्षण पत्रमा आर्थिक वर्ष २०७९÷०८० मा पशुहरुमा लागेको रोगका कारण भएको क्षतिपूर्तीका लागि सहयोग गर्नुपर्र्ने, दुग्धजन्य उत्पादनको बजारीकरणका लागि ग्यारेन्टि गर्नुपर्ने र आधारभुत प्रयोगशाला सहितको पशु सेवा भवनका लागि कार्यक्रमको व्यवस्थापन गर्नुपर्ने माग रहेको छ । फाकफोकथुम गाउँपालिकामा दैनिक ३२ हजार लिटर दूध उत्पादन भई प्रशोधन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार