नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–६ प्याङमा आज जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । वडाध्यक्ष दिपेश सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्यतामा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
माईजोगमाई गाउँपालिकाले बिगत बर्षमा जस्तै यस बर्ष पनि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । यस बर्ष ८३ बर्षदेखी ८६ बर्ष उमेरका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । आजभोलिको समयमा चिसो धेरै बढेको अवस्थामा माईजोगमाई गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप फाईवर सिरक प्रदान गरेको जनाइएको छ ।
जस अन्तरगत प्याङमा २० जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप फाईवर सिरक प्रदान गरिएको छ । यसअघि वडा नं ३ नामसालिङमा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको थियो । माईजोगमाईको अन्य वडामा पनि यो कार्यक्रम रहेको जानकारी रहेको छ ।
अन्य उमेर समुहका जेष्ठ नागरिकहरुलाई पनि सम्मान क्रमै सगँ गरिने सामाजिक बिकास शाखा प्रमुख मान बहादुर पौडेलले बताए । कार्यक्रमको संचालन वडा नं ६ का वडा सचिव तुलसा नेपालले गरेकी थिइन् । कार्यक्रममा कार्यपालिका सदस्यहरु वडा सदस्यहरु स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो ।