सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका वडा सदस्य कुमार गुरुङको शब्दमा रहेको ‘मुटु त ढुकढुक कलेजो भ्यातभ्यात’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नन्दु गुरुङको स्वर रहेको गित मोडल सरोज प्रजाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा सरोजसंगै विना राउत देखिएकी छन् । उनीहरुलाई विवेक, प्रितम, दावा र रुपकले साथ दिएका छन् । रोशन विश्वकर्माको निर्देशन रहेको भिडियो विशाल थापाले छायांकन गरेका हुन् । म्युजिक भिडियोमा प्रेमिल जोडी विचको माया प्रेमलाई देखाइएको छ ।