इलाम : राष्ट्रिय फुटबल तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् । राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका इलामको देउमाई नगरपालिका–४ मंगलबारे का नवयुगले झापा मेचीनगर–१२ की पुजा श्रेष्ठसँग बुधबार विवाह गरेका हुन् । केहि दिन अघि इलाममा सम्पन्न एनआरएन इलाम गोल्ड कप नवयुगले आयोजक रेड हर्स क्लबबाट खेलेका थिए ।
उनको कप्तानीमा रहेको रेडहर्स सेमीफाइनलमा न्यूरोड टिम एनआरटीसंग पराजित भएको थियो । प्रतियोगितामा ४ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता समेत चुनिए । त्यसअघि दोस्रो एनएसएल उनले चितवन एफसीबाट खेलेका थिए । आर्मी क्लब भने २३ औं आहा रारा गोल्ड कपको सेमिफाइनल पुगेको छ ।
सेमिफाइनलमा टोलीले बिहीबार सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबसँग खेल्नेछ । थ्री स्टार बुधबार जावालखेल युथ क्लबलाई हराउँदै फाइनल पुगिसकेको छ ।