Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

जोगमाईमा भेटियो पाञ्चायन देवस्थल तथा गोपिनी गुफा

जोगमाईमा भेटियो पाञ्चायन देवस्थल तथा गोपिनी गुफा

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १७ २०८०


जोगमाईमा भेटियो  पाञ्चायन देवस्थल तथा गोपिनी गुफा

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–२ जोगमाईमा महाविर फुस्रे खोला पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे र उपाध्यक्ष प्रविना राईले संयुक्त रूपमा देवास्थलमा दिप प्रज्वलन गरि उद्घाटन गरेका हुन् । पाञ्चायन देवस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थेवेले पालिकाले टुरिजम एप बनाउने तयारी हुदै गरेकोले  यस देवास्थलपनि राखिने बताए ।

उनले पालिकाले सिमित स्रोत साधनको उपयोग गर्दै चौतर्फी आवश्यकता पुर्ति गर्नु पर्ने भएकाले इच्छाएको काम एकैपटक गर्न नसकिने बताए । थेवेले पालिकाले वडाहरुमा आलोपालोमा विकास गर्दै जाने बताए । यस्तै विशेष अतिथि राईले आफुले भोट माग्दै गर्दा गरेका बाचा नभुली क्रमश प्रकृयागत रूपमा काम गर्दै गएको बताइन् ।

कुनै पनि काम गर्नलाइ कागजी प्रक्रियामा जानु पर्ने भएकाले भनेजति काम गर्न नसकोको स्वीकार गरिन् । उनले संचारमाध्यमका सबै लेख सुचना समाचार सत्य नहुने हुँदा तथ्य कुरामा प्रस्ट हुन समेत आम नागरिकमा अनुरोध गरिन् । सकारात्मक कुरामा प्रचारबाजी गर्नु पर्ने भन्दै धार्मिक, साँस्कृतिक, पर्यटकिय स्थलहरूको खोज अनुसन्धान गरि प्रचारप्रसार गर्न लाग्नु पर्नेमा उनले जोड दिइन् ।

विगत दुई बर्ष अघिदेखि स्थानिय दिलबहादुर सुबेदी दिनेशले देवास्थालको संरक्षण गर्नमा पहल गरि उनकै अध्यक्षतामा संरक्षण समिति निर्माण गरि देवास्थलको उत्थान, संरक्षण, धार्मिक पर्यटनको निमित्त प्रचार प्रसार गर्दै आएका छन् । उनले सपनामा आफुलाई देखाएको र त्यस ठाउँमा पुगी हेर्दा विभिन्न देवीदेवताको तस्वीर ढुंगामा पाएपछि यस्को संरक्षण गर्न थालिएको बताए ।

आफुले औँसी र पुर्णिमा संधै पुजापाठ गर्दै आएको र विभिन्न धर्म गुरु लामा गुरूहरूलाइ देखाउने सुनाउने गर्दा यसप्रति उहाँहरूले संरक्षण गर्न सुझाव दिएको बताए । उनले दिगो बिकासको लागि कार्यक्रम गरी उद्घाटन गर्न सफल भएको बताए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष विजय खम्बु, राष्ट्रिय किसान संघ कोशी प्रदेश अध्यक्ष कुसुम दाहाल, समाजसेवी हर्कसिङ्ग राई लगायतले आफ्ना भनाइ राखेका थिए । देवास्थलमा लामा गुरु, पण्डित गुरुहरुबाट विधिवत रुपमा पुजापाठ गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार