Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम ‘देउमाई कप’ फुटबल प्रतियोगिता : उद्धघाटन खेलमा माई नगरपालिकाले देउमाई नगरपालिका भिड्ने

प्रथम ‘देउमाई कप’ फुटबल प्रतियोगिता : उद्धघाटन खेलमा माई नगरपालिकाले देउमाई नगरपालिका भिड्ने

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १७ २०८०


प्रथम ‘देउमाई कप’ फुटबल प्रतियोगिता : उद्धघाटन खेलमा माई नगरपालिकाले देउमाई नगरपालिका भिड्ने

मंगलबारे । प्रथम ‘देउमाई कप’ फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा माई नगरपालिकाले देउमाई नगरपालिकासंग खेल्नेछ । आउँदो माघ २० देखि २७ गते इलामको मंगरबारेमा हुने प्रतियोगितामा इलामका १० पालिका सहित ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलमा जिल्लाका चार नगरपालिका र छ गाउँपालिका सहित छिमेकी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सहभागिता रहेको छ ।

भानुभक्त माध्यमिक विद्यालयकोे छात्रावास खेल मैदान हुने खेलमा विजेता टिमले नगद दुुई लाख, उपविजेताले एक लाख नगद सहित ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा म्यान अफ दि म्याच सहित व्यक्तिगत विधामा समेत पुरस्कार दिइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार