Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

नेकपा माओवादी केन्द्र पार्टीको फाकफोकथुमा वडा सम्मेलन तयारी

नेकपा माओवादी केन्द्र पार्टीको फाकफोकथुमा वडा सम्मेलन तयारी

  • लिला लिम्बु
  • मंगलबार, माघ १६ २०८०


नेकपा माओवादी केन्द्र पार्टीको फाकफोकथुमा वडा सम्मेलन तयारी

फाकफोकथुम । नेकपा माओवादी केन्द्र पार्टीको केन्द्रीय सचिवालयको देशव्यापी रुपमा फागुन १ गते सम्म वडा सम्मेलन गरिसक्नु पर्ने सर्कुलर गरेको छ । जस अनुसार फाकफोकथुम चार फुएतप्पामा पनि वडा अधिवेशनको तयारी शुरु भएको छ । पार्टी वडा कमिटी पूर्व अध्यक्ष चन्द्र राना मगरको अध्यक्षतामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र फाकफोकथुम गाउँ कमिटि अध्यक्ष केबि बान्तवा राई, बरिष्ठ उपाध्यक्ष लक्ष्मण घतानी, उपाध्यक्ष अरूण दर्लामी मगरको उपस्थितिमा वडा सम्मेलन तयारी समिति बैठक सम्पन्न भएको छ ।
वडा सम्मेलन तयारी व्यवस्थापन समितिमा संयोजकमा शुनिल खनाल, आर्थिक जिम्मेवारी पूर्व अध्यक्ष चन्द्र राना मगर, वडा सम्मेलन तयारी प्रचार प्रसार हल ब्यवस्थापन संयोजक पार्टी वडा सचिव पदम बागदासलाई जिम्मेवारी तोकिएको छ। त्यसैगरि वडा मातहतमा रहेका क्रियाशील सदस्य नविकरण, नयाँ सदस्यता बितरण ,पार्टी लेवी संकलन गरि वडा सम्मेलन माघ २६ गते गर्ने निर्णण् भएको वडा पार्टी सचिव पदम बागदासले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार