आइतबारे । नेपाल काग्रेस सुर्योदय नगर समितिले सहिद दिवसको अवसरमा स्वर्गीय प्रजातान्त्रिक योद्धा सन्तबहादूर श्रेष्ठ अशोकको सालिकमा माल्यार्पण गरेको छ । नेपाली काग्रेस केन्द्रिय समितिले शुरु गरेको समुदायमा काग्रेस अभियानको शुरुवातसँगै स्वर्गीय श्रेष्ठको सालिकमा माल्यार्पण सहित पुष्पगुच्छा अर्पण गरिएको थियो । त्यस्तै सूर्योदय नगरपालिका ९ निवासी स्वर्गीय नेपाल विद्यार्थी संघका नेता निरोज श्रेष्ठको समाधिस्थलमा पुगेर नेता तथा कार्याकर्ताले माल्र्यापण गरेका थिए ।
सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य टिकाराम लेप्चा, प्रदेश सभा सदस्य खगेस्वरी पौडेल बन्दना, महासमिति सदस्य देउकुमारी कट्टेल, हरिप्रसाद लुइटेल, नेपाली काग्रेस इलाम क्षेत्र नम्बर १ का सचिव यमन लामा, पूर्व महासमिति सदस्य दिपक अधिकारीको उपस्थिति रहेको थियो ।
त्यसैगरी काग्रेस नेतृ अनिता श्रेष्ठ, पूर्व क्षेत्रीय सभापति भिष्म प्रधान, प्रदेशसभा नेपाली काग्रेस क्षेत्रीय समिति सदस्य सिता घिसिङ, शान्ता पौडेल, नगर सभापति जीवनकुमार नेपाल, उप सभापति रमेशकुमार प्रधानको उपस्थिति र आथित्यता रहेको थियो । कार्यक्रममा सहिद परिवारका सदस्यहरु, सूर्योदय नगरपालिका भित्रका वडा सभापतिहरु, क्रियासिल सदस्यहरुको उपस्थिति रहेको थियो ।


