Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम रोङ खुल्ला भलिबल : उपाधिका लागि बुद्दशान्ति र माईजोगमाइ भिड्ने

प्रथम रोङ खुल्ला भलिबल : उपाधिका लागि बुद्दशान्ति र माईजोगमाइ भिड्ने

  • डाइमन्ड तिम्सिना
  • आइतबार, माघ १४ २०८०


प्रथम रोङ खुल्ला भलिबल : उपाधिका लागि बुद्दशान्ति र माईजोगमाइ भिड्ने

राेङ । इलामको रोङ गाउँपालिका-३ लसुनेमा संचालित खुल्ला भलिबल प्रतियोगिताको उपाधिको लागि बुद्दशान्ति झापा र माईजोगमाई भिड्ने भएका छन् । पहिलो सेमिफाइनल खेलमा बुद्दशान्तिले ओसिस स्पोर्टिङ क्लबलाई ३-१सेट जितेर फाइनलमा स्थान सुरक्षित गरेकाे हाे ।

दोस्रो भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा खेलमा माईजोगमाईले मुनामदन एकेडेमी झापा लाई ३-२ को कठिन जित निकाल्दै बुद्दशान्ति संगको भेट पक्का गरेको हो। खेल बेस्टअफ फाईभ आधारमा खेलाईएको थियो ।

बुद्धशान्तिले अघिल्लो चरणमा कुटिडाँडा भलिबल क्लब र दोस्रोमा प्युरे भलिबल क्लबलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको थियो । माइजोगमाईले समूह चरणमा शान्तिपुर रोङ इलाम र मेलबोटे भलिबल क्लव ईलाम लाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको थियो।

फाईनल खेल माघ १५ गते सोमबार बिबिध मनोरञ्जनात्मक कार्यक्रम का साथ सम्पन्न हुनेछ ।बिजेता टोलिले नगद ३५ हजार र मेडल ,प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेता हुने टिमले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार