इलाम– न्युराेड टिम (एनआरटी ) पहिलो इलाम गोल्डकप’को उपाधि उचालेको छ । आज (शनिबार) भएको फाइनलमा एनआरटीले टाइब्रेकरमा ४–३ गोलान्तरले झापालाई पराजित गरेको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । झापाले उपविजेतामा सिमित भएकाे छ । आजको फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेंलो कार्ड पाए ।
एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । बिर्तामोडले सेमिमा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।
विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउँदैछन् । रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो ।