Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोकलाई,

सूर्योदय स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोकलाई,

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ १३ २०८०


सूर्योदय स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोकलाई,

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा आयोजित सूर्योदय नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि करफोक विद्या मन्दिर माध्यमिक विद्यालयले जितेको छ ।

प्रतियोगितामा संचालित १५ इभेन्ट्सका ३० विधा मध्ये विजेता करफोक विद्या मन्दिरले १४ स्वर्ण सहित ४ रजत र ४ काँस्य जितेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कृष्णाश्रम माध्यमिक विद्यालयले ८ स्वर्ण ४ रजत र ४ काँस्य पदक जित्दा प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने फिक्कल नमूना माध्यमिक विद्यालयले ३ स्वर्ण ७ रजत र ५ काँस्य पदक हासिल गरेको छ ।

त्यसै गरी चौथो स्थानमा ३ स्वर्ण ६ रजत र ५ काँस्य सहित वीरेन्द्र माध्यमिक विद्यालय रहँदा १ स्वर्ण ३ रजत र ५ काँस्य सहित जनक माध्यमिक विद्यालय पाँचौं स्थानमा रहेको छ । १ स्वर्ण र १ रजत सहित सरस्वती मावि छैटौँ स्थानमा रहँदा ३ रजत र २ काँस्य सहित इभरलेण्ड इन्टरनेसनल एकेडेमी सातौँ स्थानमा रहेको छ ।

आठौं स्थानमा रहेको पिसल्याण्ड एकेडेमीले १ रजत र १ काँस्य पदक हासिल गर्दा नवौं र दशौं स्थानमा समान ११/ रजत पदक सहित अन्तु एकेडमी र इलाम रोजमेरी विद्यालय रहेका छ्न् । त्यसैगरि एघारौ स्थानमा रहेको वौद्धधाम माविले ३ कास्य पदक हासिल गर्दा बाह्रौं र तेह्रौं स्थानमा सामान दुई/दुई कास्य पदक सहित हिमालयन माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय रहेका छन् ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राईले विक्रम संवत २०८३ साललाई सूर्योदय नगरपालिकाले खेलकुद वर्षको रूपमा मनाउने घोषणा गरे।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले २०८३ मा खेलकुदका राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी समेट्ने गरी वर्षभरि हरेक खेलका प्रतियोगिता सञ्चालन गर्ने र समग्र २०८३ लाई नै सूर्योदयको पर्यटनलाई समेत टेवा पुग्ने गरी खेलकुद वर्ष मनाउने उद्घोष गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार