चक्रपाणी खनाल बलदेव नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । नेपाल सरकारको विभिन्न मन्त्रालय समेत सम्हालेका खनाल माओवादी रुपान्तरण अभियान अन्र्तगत प्रदेश–१ को इन्चार्जको जिम्मेवारीमा रहेका छन् । पार्टीको अभियान र आगामी कार्यदिशाको बारेमा प्रधान सम्पादक सुजन तिमसिनाले गरेको कुराकानी
पार्टीको रुपान्तरण अभियान अन्तिम चरणमा छन् । पार्टी प्रतिको गुनासो कस्तो पाउनुभयो ?
४ महिनाको अभिायन अन्तिम चरणमा छौ । पदाधिकारी बसेर निर्णय भएको छ । ४ महिना जसरी जनतासग एकाकार भएर अभियान सम्पन्नको क्रममा छौ । मूख्य गुनासाहरु माओवादी सोचे जस्तो रहेन भन्ने ६÷७ बर्ष यता विग्रियो भन्ने । हाम्रा गल्ती कमजोरी के हो भन्ने अभिायान मार्फत सुझाव दिनुप¥यो भनेर भन्यौ । महानगर होस वा दुर्गम गाउँमा पुगेर १४ जिल्ला पुगेर बुझदा २÷३ वटा कुरा पछिल्लो समय माओवादी जनतासंग कट्दै गयो ।
जसको पछाडीको मुल कारण नेता कार्यकताद्धारा कार्यक्रम बनेन् । बनेका कार्यक्रम व्यक्तीवादी । व्यक्ति व्यक्ति बन्दै गएपछि गुटगुटमा रुपान्तरण हुँदै गयो । जिल्ला देखि इलाकासम्म गुट छ । आफ्ना ८÷१० जना मान्छे च्यापेर हिडेको छ । यो माओवादीको देशैभरको रोग हो । रोग जनताले औल्याए । सर्वहारा, मजदुर र किसानको पक्षमा माओवादी लड्छ भनेर राम्रो गरी १० बर्ष युद्धमा थापित, पञ्चायत र बहुदलमा पनि जनताको पार्टी भनेर थापित गयौ । तर पछिल्लो चरणमा वर्गबाट कटेपछि जनताको पार्टी भनेर थापित गर्न सकेनौ । आफ्नो बर्ग छाडेर पेटी बर्जुवालाई मासमा लिन सकेनौ ।
हाम्रो वर्गलाई छाडेर पार्टी अर्को तर्फ लागेको जनगुनासा छन् । कयौ कुराहरु माओवादी ७० यता जनताले माओवादी पार्टी रछ भनेका छन् माओवादी छाडेका छैनन् तरु अरु कार्यकर्ता पनि रहेछन् भने ७ बर्षपछि थाहा भयो भन्ने किसानहरुले भने । माओवादी विग्रनमा स्वयम माओवादीको दोष रहेछ भनेर भने ।
व्यवस्था परिर्वतन र सरकार नेतृत्वमा धेरै रचनात्मक कार्यहरु गरेको छ तर पनि अपेक्षा बढि भएको हो की ? नेता कार्यकर्ता सहि दिशामा हिड्न नसकेको हो ?
एउटा बाहय कारण प्रधान बनाउन मिल्दैन् । माओवादी पार्टीलाई जुनसुकै कोणबाट अस्तित्व नामेट गनृ बाहय शक्ति लाग्छ नै । त्यसबाट प्रभाव पर्छ तर मुख्य र अन्तरीक पक्ष जनताले केही अपेक्षा गरे तर सम्झौताबाट आएो हुनाले राजनीतिक रुपमा बिजय प्राप्त गरेपनि आर्थिक रुपमा परिर्वतन गर्न सकेनौ । माओवादीबाट अपेक्षा पुरा गर्न सकिएन भन्ने भ्रम जस्तो रहयो । अर्को कुरा राजनीति एजेन्डा स्थापित गर्न कोसिस पनि गरेका छौ । तर यो संगै जनतामा आर्थिक परिर्वतन सोचे जस्तो तुरुन्त हुँदैन् । जनतालाई परिचालित र विश्वस्त गर्ने कुरा यसमा कमी रहयो । अझै पनि जनतामा परिवर्तन महसुस गरेका छन् तर परिर्वतन अनुरुप आर्थिक रुपमा केही दिन सकेन भन्ने चाहि भ्रम परिरहेको छ ।
जनतामा भ्रमहरु कतिको चिर्न सफल हुनुभयो ?
हाम्रो माओवादी पंक्ती पुर्व पश्चिम, कुनाकाप्ता र दुरदराजमा युद्ध र त्यसपछि दिनमा काम गरेका छौ । अहिले हेर्दा माओवादी नयाँ जोशका आयो भन्ने सन्देश गएको छ । सांगठानिक रुपमा लथालिङग पार्टीलाई आकार दिइएको छ । आउने चुनाव आवश्यकता परे एक्लै लड्नुपर्छ कसैको बैसाखी टेकिरहनु हुँदैन भन्ने विश्वस्त बनाइएको छ । एउटा पंक्तीमा गल्ती गरेछौ भन्ने महसुस गराइएको छ । ५ वटा कुरालाई लिएर अघि बढयौ भने संगठन अघि लग्न सकिन्छ भन्ने आशावाद स्थापित गरिएको छ ।
शेखर कोइराला गगन थापाहरु सरकार ढाल्नुपर्छ भन्ने बुझाइ रहेका छ ?
अभियानको पछाडी अरु पनि कुरा छन् । युवा भनिएका केही मानिसहरु कांग्रेसमा गगनकै नाम लिनुभयो उनले बारम्बार समिकरण तोड्नुपर्छ भनेका छन् । उनी कराइरहँदा केही बर्ष यता कांग्रेसको हविगात त बढेन स्थिर स्थिर नै देखिन्छ । किन भने हामीसंग गठनबन्धन गरेर मात्रै त्यो स्थिती पैदा भएको कांग्रेसको नभए अघिल्लो चुनाव पनि उनीहरुलाई थाहा छ । अहिले गगन लगायत केही मानिसहरु सरकारको विरुद्ध बोलिरहेका छन् त्यो केटाकेटीपन हो । उनीहरुलाई लाग्दो हो हामीले सेलिब्रेटी प्रकारको छ उनीहरुलाई लाग्ने हो अन्तर्यमा गएर अहिलेको समिकरणलाई हेर्ने हो भने कांग्रस पहिले सरकार बनेपछि माओवादीको बलमा नै हो ।
हामीले शान्ती प्रक्रियाका एजेन्डा मिल्छ भनेर गएको हौ हामीलाई पनि कांग्रेस चाहिएर गएको हो । अहिले कुनै बिषय नआइ बोल्दै हिडेका छन् । युवाहरु र अघि आएका नेताको परिवक्तवा देखिन्न । हाम्रो अभियानसंग कांग्रेसको साइनो सम्बन्ध होइन् । उनीहरु सकेर हामी सकिएन् होइन हाम्रा एजेन्डाले अघि बढ्ने हो सकिएपनि हाम्रै निर्णय र एजेन्डा ठिक नहुन र जनतासंग नजानाले सकिने हो । हामीलाई सक्ने र अघि लाग्नेमा कांग्रेसको कुनै हात हुँदैन् ।
शसस्त्र जनयुद्ध पछि राजनीतिक परिर्वतनको उपलब्धी सबैले उपभोग गरिरहेका छन् । दोष माओवादीलाई लगाउने अपराधिकरण गराउन लागिरहेका छन् । शान्ति प्रक्रियाको बाँकी काम पुरा गराउन पार्टी जिम्मेवार नभएको आरोप छ अब कसरी समाधान हुन्छ ?
त्यसबेलामा तत्कालिन द्धन्द्धका ३ पक्ष राजतन्त्र एउटा पक्ष र अर्को माओवादी हो र तेश्रो कांग्रेस हो । एमाले साइड रहेको पार्टी भएकाले एमाले कहिले पनि शान्ति प्रक्रिया र संविधानमा रोल भएन् । उसले धारणा राख्दै गयो तर भुमिका चाहि हैन् । शान्ति प्रक्रियाको कार्यमा एमाले उद्धासिन्ता छदैछ । कांग्रेस र हामी जिम्मेवार भए जानुपर्नेछ एमालेलाई नलिइ पनि जान सक्दैनौ । राष्ट्रिय मुद्धा भएकाले सहमती मार्फत अघि बढेको हो । बहुमतले विधेकय पारित गरेर जाऔ भन्न सक्छौ तर त्यसले समाधान हुँदैन् । माओवादीलाई अपराधिकरण गरेर कांग्रेस र तत्कालिन सुरक्षा निकायले छुट पाउँदैन् । शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता मिलेर समाधान गर्नुपर्छ । बाहियता रुपमा माओवादीलाई अपराधिकरण गरेर सकाउन सकिन्छ भन्ने केटाकेटीपन हो । गम्भिरता पुर्वक टुङग्याउनुपर्छ ।
अभियानका क्रममा पार्टी चलायन भयो तर गुनासो केन्द्रिय सदस्यहरु धेरै भए काम गरेनन् जिल्लामा खटेनन् भन्ने गुनासो चिर्न सफल भएको छ । तर अभियानपछि पुरानै अवस्थामा आउने चिन्ता छ ?
माओवादीको अहिलेको समस्या पुरानो तरिकाले थेग्दैन अहिलेको के हो भन्ने पत्ता लाग्दैन् । तत्काल हामीलाई के चाहिएको पत्ता लगाउन नसकेको जस्तो पुरानोले थेग्न नसकेको जस्तो । केन्द्रिय समिति मात्र भएर तल देखि माथिसम्मका सबै संरचनाहरु परिर्वतन गरेर जानुपर्छ । निर्वाचित कमिटीहरु बनेर जानुप¥यो विधान यस्तो बन्नुप¥यो केन्द्रिय समितिले समेत हल्लाउन नसकोस त्यसलाई महाधिवेशनले मात्र अथवा विधान सम्मेलनले मात्र धाराहरु परिर्वतन ग¥यो भने कमसेकम विधान सम्मेलनमा लग्नुपरोस भनेर अभियानमा लगतै फागनु पहिलो साता विधान सम्मेलन गरेर कमिटिहरुलाई चुस्तदुरुस्त र साना कार्य सम्पादन समिति बनाउँछौ ।
व्यक्ती व्यक्तीमा जाँदा केन्द्रिय समिति देखि लिएर इलाका कमिटिसम्म जाँदा पालिका जिल्ला र केन्द्रको जिम्मा लिने कुनै न कुनै रुपमा आलोचित पात्र जस्तो देखिएका छौ । अभियानले केही हदसम्म सफल भएका छौ । स्थानीय रुपमा फलानो कमरेडलाई अर्को इलाका सारियोस भन्ने जनताको कुरालाई हेर्दा समस्य समाधान हुन्न तर यसलाई हेर्दा विधान मार्फत कमिटि पुर्न गठन गछौ ।
अभियानपछि पार्टीका गतिविधिहरु ७० देखि जसरी हुनुप¥थ्यो भएन् । अहिले अभियानले केही चलायनमान बनायो ँत्यसपछि फेरी पार्टी सुत्ने हो की भन्ने चिन्ता छ ?
त्यो चाहि हुँदैन् यसलाई परिर्वतन गछौ । स्वत चलायनमान हुने कमिटिको संरचना र नीतिले पनि बाध्छौ । व्यवहार त काम नगर्नेलाई कमिटिले फिर्ता बोलाउन सक्ने काम नगर्नेलाई आफ्नो ठाउँमा बस र समर्थन गर भन्ने प्रकारको विधान ल्याउँछौ ।
विधान महाधिवेशनबाट पुर्ण पार्टी सच्चिने अवस्था हुन्छ त ?
विधान महाधिवेशनबाट विधान निर्माण गरेर पुरक महाधिवेशन गछौ ।
सरकारमा बसेर धेरै उपलब्धीमुलक कार्य गरेको छ । तर आफ्नै पार्टीको मन्त्रीको कार्यको बचाउ गर्दैनन् भन्ने गुनासो सुनिन्छ ?
यसका २ पाटा छन् । सरकारमा रहनेले पार्टीलाई काम लाग्ने चिज नै होइन् । हाम्रो क्षमताले बनेको हौ व्यक्तिगत पावरले बनेको हौ भन्ने दम्भ हाम्रा साथीमा छदैछ । माओवादी पार्टीमा खास गरेर माओवादी पार्टीबाट सरकार नेतृत्वमा गर्नेछ । पार्टीले पनि अहिलेको सरकारको जटिलतालाई राम्रो संग बुझेर सहयोग गर्ने भन्दा टकराव लिनेमा छ किने भने विगतको पृष्ठभुमि । हामी विचारबाट आएको पार्टी हो । हिजो पनि पञ्चायतकालमा पञ्चायत विरुद्ध बहुदलमा युद्धको तयारी १० बर्ष युद्ध र अहिले सरकारमा रहेकाले यो गर भनेर निर्देशन गर्दैमा कसैल गर्दैन् । उसले प्रशन्न भए गर्छ । सरकारको बचाउ गर्नुपछ की त मोर्चा नै छाड्नुपर्छ ।
हैन भने हामी लयमा छौ हाम्रो लय यतै हो भने सरकारको बचाउ गनुपर्ने यसमा हाम्रो कमजोरी पनि छ । यसको विगतको इतिहासलाई पनि हेर्नुप¥यो । आगामी दिनमा बाटो ठिक ढंगले तय भयो भने गर्छ नभए हाम्रो जस्तो पार्टीलाई एउटा समस्या यहि हो । हाम्रो कोर्स पनि अरु छैन् विगतको इतिहास पनि छैन् । सरकारलाई मलजल गरेर जे आउँछ खाने हो भन्नेछ । हाम्रोमा बचेकुचेलाई त्यो छैन् त्यसले गर्दा सरकारको बचाउन आफै गर भनेर उभिन्छ । त्यसको अन्त्य गनुपर्छ ।
अन्त्यमा प्रदेशबासी र नेता कार्यकर्तालाई के भन्नुहुन्छ ?
१ नम्बर प्रदेश अहिले नामाकरणको बिषयलाई लिएर समस्या छ । हाम्रो पार्टीले नीतिगत रुपमा सच्यायो अब विधिगत रुपमा कसरी सच्याउने भन्नेछ । हाम्रो मात्रै हैन सबै पार्टीको समस्या को हो भने सबै पार्टीले गरेको गल्ती कोशी प्रदेश भनेर नामाकरण गरिएको छ त्यसको बारेमा सबै पार्टी गम्भिर भएर सोचेर साझा अवधारणा बनाउनुप¥थ्यो । त्यो नबनाएकोले प्रदेशको समस्या त्यो देख्छु । हाम्रो पार्टीको हिसाबमा कमजोर पनि छैन् ।
सबै जिल्लाहरु बलिया हुँदैनन् । १ नम्बर प्रदेशमा केही जिल्लामा बलियो छ एक्लै पनि चुनाव जित्ने हैसियत राख्छ केही जिल्लामा मेहनत गर्नुपर्ने देखेको छ । नेतृत्वमा एकरुपता छ । युवाहरुको भरभराउदो पंक्तिलाई एकतावद्ध गरेर लग्न सक्ने हो भने १ नम्बर माओवादीको केन्द्र बन्ने सम्भावना छ । त्यसको लागि हामीले मेहनत पनि गरिरहेका छौ ।