Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा पहिलो चरणको टिपिडी तालिम सम्पन्न दोस्रो चरणको शुरु

माई नगरपालिकामा पहिलो चरणको टिपिडी तालिम सम्पन्न दोस्रो चरणको शुरु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ १२ २०८०


माई नगरपालिकामा पहिलो चरणको टिपिडी तालिम सम्पन्न दोस्रो चरणको शुरु

माई : इलामको माई नगरपालिकामा शिक्षकहरुलाई पेशागत विकास तालिम माई नगरपालिका इलाममा सञ्चालन भएको छ। माई नगरपालिकाको आर्थिक सहयोग, शिक्षा, युवा तथा खेलकुद शाखा माईको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरीको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो। माई नगर भित्रका पहिलो चरणमा ३५ र दोस्रो चरणमा ३४ जना गरि ६९ जना शिक्षकलाई आधारभूत तहको (टिपिडी) तालिम प्रदान गरिने छ ।

पहिलो चरणको १० दिने तालिम विहिवार सम्पन्न भयो भने विहिवारबाटै दोस्रो चरणको १० दिने तालिम शुरु गरिएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख सिता लावतीले जानकारी दिइन्। माई नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत आधारभूत तह (१–५) स्थायी शिक्षकहरुको पहिलो समुहको टिपिडी तालिमको समापन तथा दोस्रो समुहको स्वागत कार्यक्रमबाट शिक्षकको वृत्ति विकासमा महत्त्वपूर्ण रहने र तालिममा सिकेका कुराहरुले विद्यार्थीको शैक्षिक उपलब्धि स्तर उकास्न कार्यन्वयन गर्ने सहभागी शिक्षक रोम राईले बताए ।

तालिम कार्यक्रममा माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बू, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, लेखा अधिकृत क्षेत्र नाथ शर्मा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सीतादेवी लावती, प्राविधिक सहायक केशब खनाल, सह लेखापाल प्रविन भण्डारी लगायतको उपस्थितिमा तालिम शुभारम्भ,अनुगमन र समापन र गरिएको थियो।

तालिमको सहजीकरण मानबहादुर देवकोटा,ढुण्डिराज पौडेल,खेमराज लिम्बू,रेवन्तबहादुर बस्नेत,उमेश बुढाथोकी र तिर्थमान राईले गर्नुभएको शिक्षा शाखा प्रमुख सीता लावतीले जानकारी दिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार