Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

अलौंचीको निर्यात बढ्यो,अन्य कृषि बस्तुको निर्यात घट्दो

अलौंचीको निर्यात बढ्यो,अन्य कृषि बस्तुको निर्यात घट्दो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ १२ २०८०


अलौंचीको निर्यात बढ्यो,अन्य कृषि बस्तुको निर्यात घट्दो

काठमाडौँ। चामल, दाल, कोदो, मकै, दाल लगायतका खाद्यान्न र तरकारीको आयात बढिरहँदा अलैँचीको भने निर्यात बढेको छ । कृषि उत्पादनसँगै धेरै वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको भने निर्यात बढेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको छ महिनामा झण्डै चार अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । साउनदेखि पुससम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपैयाँ बराबरको २८ लाख ६६ हजार ७६० किलो अलैँची निर्यात भएको छ ।

विभागका अनुसार गएको वर्षको यसै अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको ११ लाख ६८ हजार ३०६ किलो अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा १६ करोड रुपैयाँ बराबरको अलैँची निर्यात बढेको छ ।

देशमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै निर्यात हुनेमा अलैँची रहेको छ । नेपालमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च रहेको छ । यस वर्ष अलैँचीको मूल्य दोब्बरले बढ्दा किसान उत्साहित भएका छन् । ताप्लेजुङलगायत पूर्वका विभिन्न जिल्लामा उत्पादन हुने अलैँची भारत, जर्मनी, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार