Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई वडा स्तरीय फुटबलको उपाधी यङ ब्वाइज नयाँबजारलाई

माईजोगमाई वडा स्तरीय फुटबलको उपाधी यङ ब्वाइज नयाँबजारलाई

  • राेशन काफ्ले
  • आइतबार, माघ ७ २०८०


माईजोगमाई वडा स्तरीय फुटबलको उपाधी यङ ब्वाइज नयाँबजारलाई

नयाँबजार । इलामकाे माईजाेगमाईमा सम्पन्न वडा स्तरिय फुटबलकाे उपाधि यङ ब्वाइज फुटबल क्लब नयाँबजारले जितेकाे छ । माईजोगमाई-३ (A) लाई हराउदै उपाधीमाथी कब्जा जमाएको हाे । माईजोगमाई ३ A लाई २ का विरुद्ध १ गोल अन्तरले हराउदै यङ ब्वाइजले उपाधी उचालेको हो ।

वडा नं ४ स्थित नेपाल ज्योती माध्यमिक विद्यालयको खेलमैदानमा भएकाे प्रतियोगिताकाे सेमिफाइनलमा यङ ब्वाइजले माईजोगमाई-५ सोयाङ र माईजोगमाई-३(A) ले आयोजक देवान फुटबल क्लबलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

फाइनल जिते सगै यङ ब्वाइजले नगद ४० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । माईजोगमाई-३ (A) ले नगद २५ हजार ट्रफी मेडल र प्रमाणपत्रमा प्राप्त गरेकाे छ ।

खेलको बेष्ट प्लेयर यङ ब्वाइजका लबकुश राई , सर्वाधिक गोलकर्ता माईजोगमाई-३ (A) का झरन राई , बेष्ट गोलकिपर आयोजक देवान फुटबल क्लबका जगत तामाङ , बेष्ट डिफेन्स माईजोगमाई-३ (A) का अन्जान प्रधान र अनुशासित खेलाडीमा आयोजक देवान फुटबल क्लबका नवराज लिम्बू घोषित भए ।

गत पौष २३ गतेबाट संचालित वडा स्तरीय फुटबलमा १७ वटा टिमले सहभागी जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार