Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

खेल मैदान स्तरोन्नति गर्दै रोङ गाउँपालिका

खेल मैदान स्तरोन्नति गर्दै रोङ गाउँपालिका

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ ७ २०८०


खेल मैदान स्तरोन्नति गर्दै रोङ गाउँपालिका

राेङ । इलामकाे रोङ गाउँपालिका वडा नं ३ कुटिडाँडा स्थित खेल मैदानको स्तरोन्नति को काम धमाधम अघि बढाइएकाे छ । शान्ति निकेतन नमुमा माध्यमिक बिद्यालय को स्वामित्व मा रहेको ७ साईडको मैदानलाई ११ साइड बनाइएकाे हाे ।

रोङ गाउँपालिका भरिका सामुदायिक बिद्यालयहरुको रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गराउने साथै स्थानिय स्तरका विभिन्न खेलकुद कार्यक्रम हरु उक्त खेलमैदानमा गराउने गरेको थियो भैगोलिक हिसाबले सानो भएको कारण सबै खाले आउटडोर खेल सहज रुपमा संचालन गर्न कठिनाई रहेको खेल प्रशिक्षक हरुको गुनासो थियो।

गत साल रोङ गाउँपालिकाले हाँसपोखरी मा कबड हल निर्माण सम्पन्न गरेपनि जसमा इन्डोर गेमहरु कराँते ,तेक्वान्दो ,बक्सिङ ,टेवल टेनिस ,ब्याडमिन्टन जस्ता खेल गतिविधि मात्र गराउन मिल्ने भएको कारण खेल मैदान स्तरोन्नति गर्नुपर्नेमा चौतर्फी माग बढेको थियो ।

यसलाई मध्यनजर गर्दै रोङ गाउँपालिकाले आँफैले भर्खरै नयाँ स्काभेटर खरिद गरि कार्य द्रुतगतिमा अगाडि बढाएको छ। पहिले नै २ ओटा जेसिभि भएपनि विकासका गतिविधि निरन्तर रुपमा संचालन गर्न स्काभेटर अभाव र उपभोक्ता समितिले भनेको बेला मेसिन नपाईने गुनासाे रहेकाे गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबाेले बताए ।

अन्यत्रबाट मेसिन ल्याउँदा बढी खर्च हुने अवस्था भएकोले पालिका आँफैले मेसिन खरिद गरेको जसबाट समय र पैसा दुबै बचत हुने साथै काम पनि गुणस्तरीय हुने स्याङबाेले बताए ।

२०८१ सालको जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन गर्ने लक्ष्य का साथ काम अगाडि बढाएको उनले बताए । `जनताको काम गर्ने आएकोले जनभावना अनुसारको कार्य गर्न कुनै कसुर बाँकि राखिने छैन। ´ उनले भने `राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडि हरुको उत्पादन को मुख्य स्थल भएकोले यस क्षेत्रमा थप लगानि बढाउँदै जाने छाै ।´

पर्यटकिय क्षेत्र भएको र भाैगोलिक अवस्था ,हावापानी ,वातावरणीय हिसाबले समेत उत्तम ठाउँ भएकोले यस ठाउँमा खेल प्रशिक्षण केन्द्र ,खेल बिज्ञान प्रयोगशाला निर्माण गरी जिल्ला ,रास्टि्य तथा अन्तर्राष्ट्रिय खेलकुद,मेला महोत्सव , आदि जस्ता क्रियाकलाप गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार