Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

वडामै पुगेर योजना सम्झौता गर्दै फाकफोकथुम

वडामै पुगेर योजना सम्झौता गर्दै फाकफोकथुम

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ ५ २०८०


वडामै पुगेर योजना सम्झौता गर्दै फाकफोकथुम

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले वडाबाटै योजना सम्झौता सुरु गरेको छ । गाउँपालिकाको कार्य योजना अन्तर्गत प्रत्येक वडाबाटै योजना सम्झौता गर्न शुरु गरिएको हो । गाउँपालिकाले बुधबार देखि वडामै पुगेर योजना सम्झौता गर्न थालेको योजना प्रमुख माधव दहालले जानकारी दिए ।

गाउँपालिकाले प्रत्येक वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने योजनासहित पहिलो दिन बुधबार वडा नं ४ फुएतप्पामा पुगेर योजना सम्झौता गरेको हो । बुधबार सो वडामा चालु आर्थिक वर्षमा छनौट भएका विभिन्न ११ वटा योजनाको सम्झौता गरिएको दहालले जानकारी दिए ।

फाकफोकथुम गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका गाउँपालिकास्तरीय र वडाबाट छनौट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत लिम्बूले साना योजना सम्झौता गर्न समेत गाउँपालिका पुग्नुपर्ने भएकाले उपभोक्ताले धेरै दुस्ख पाईरहेकाले उपभोक्ताको सहजताका लागि वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाईएको बताए ।
गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । फाकफोकथुमले सबै वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिने जनाएको छ ।

यसैबीच फाकफोकथुमले उपभोक्ता समितिलाई अभिमुखीकरण समेत दिन थालेको छ । सबै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई एक दिवसीय अभिमुखीकरण सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले बताए । प्रमुख प्रशासकीय अधिकृत लिम्बूको नेतृत्वमा पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, सहितको गाउँपालिकाको कर्मचारी टिम वडा कार्यालय पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार