Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

वडा स्तरिय फुटबलकाे सेमिफाइनल समिकरण पुरा

वडा स्तरिय फुटबलकाे सेमिफाइनल समिकरण पुरा

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस २८ २०८०


वडा स्तरिय फुटबलकाे सेमिफाइनल समिकरण पुरा

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा देवान फुटबल क्लबको आयोजनामा माईजोगमाई गाउँपालिका वडा स्तरिय फुटबलकाे सेमिफाइनल समिकरण पूरा भएकाे छ ।

वडा नं ४ स्थित नेपाल ज्योती माध्यमिक विद्यालयको खेलमैदानमा खेल संचालन भइरहेकाे आज भएको पहिलो खेलमा यङ ब्वाइज माईजोगमाई १ ले ब्रदर्स युनाइटेड फुटबल क्लबलाई ६-१ गोल अन्तरले पराजित भएकाे छ ।

दोस्रो खेलमा माईजोगमाई-३ A ले लभ्ली युवा क्लब माईजोगमाई २ लाई ५-२ गोल अन्तरले हराउदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । माईबेनी मेलालाई मध्यनजर गर्दै माघ ४ गते देखि पुनः बाकी रहेको सेमिफाइनलका खेलहरु संचालन हुनेछन ।

पहिलो सेमिफाइनलमा आयोजक देवान फुटबल क्लबले माईजोगमाई-३ A को सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा यङ ब्वाइज र माईजोगमाई-५ सोयाङ बिच हुनेछ ।

सेमिफाइनलको दिन माईजोगमाइ ३ र ४ को महिला टिमले समेत खेल्ने आयोजकले जनाएको छ । गत पौष २३ गते बाट सुरु भएको खेलमा जम्मा १७ वटा टिमले सहभागी जनाएका छन ।

माघ ५ गते सम्पन्न हुने फाइनलको विजेता टिमले नगद रु ४० हजार मेडल , प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद २५ हजार मेडल , प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने आयोजक देवान फुटबल क्लबका सचिव बिमल पौडेलले जानकारी दिए । खेल सेभेन साइड फर्म्याटमा संचालन भइरहेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार